३५१ जनाको निःशुल्क आँखा परीक्षण
बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।
धारापानीमा निर्माण हुँदै बैद्धिक गुरुकुल
दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानीमा बैद्धिक गुरुकुल निर्माणको काम अघि बढेको छ । बजेट अभावका कारण लामो समयसम्म रोकिएको गुरुकुल निर्माणको काम सुरु भएको हो ।
माओवादी बाँकेले जिल्लाका सबै पालिकामा एकैपटक अधिवेशन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका आठ वटा पालिकामा एकैपटक पार्टीको अधिवेशन सम्पन्न गर्ने भएको छ ।
नेकपा एमाले प्युठानको दोस्रो पालिका अधिवेशन हुँदै
नेकपा एमाले प्युठानले जिल्लाका पालिकाहरूको अधिवेशन गर्न थालेको छ । जिल्लामा रहेका नौ वटा पालिकामध्ये आठ वटा पालिकाको अधिवेशन अघि बढाएको हो ।
दाङमा तोरीको उत्पादन बढ्दै
शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।
पाटेबाघको छालासहित एक पक्राउ
कपिलवस्तुमा पाटेबाघको छाला (अखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ ।
फूलबारी बन्यो पर्यटकको रोजाइ
राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार रहेको बुटवलको फूलबारी भारतीय पर्यटकको रोजाइमा पर्न थालेको छ ।
‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’
यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताउनुभयो ।
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो ।
चक्कु प्रहार गरी बुवाको हत्या
रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
बबई नदीमा १० हजार माछाका भुरा छाडिए
बर्दियाको बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका छन् । विश्व मत्स्य दिवस २०८१ को अवसरमा “मत्स्य क्षेत्रमा लगानी वृद्धिः खाद्य सुरक्षा, दिगो विकास र समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका हुन् ।
भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहबाट खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।
कोहलपुर नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु
बाँकेको कोहलपुर नगर अस्पतालले केही महिना ढिला गरेरै भए पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।
प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी
लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ ।
घोराहीले राजश्व वृद्धि गर्न अभियान चलाउने
दाङको घोराही उपमहानगरपालिकाले आन्तरिक राजश्व वृद्धिका लागि एक महिने घुम्ती व्यवसाय दर्ता तथा बहाल कर सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ ।
दोहोरो करले समस्या भएको व्यवसायीको गुनासो
पाल्पाका उद्योगी तथा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा मर्कामा परेको गुनासो गरेका छन् । स्थानीय तह, घरेलुसँगै कर कार्यालयमा छुट्टा छुट्टै कर तिर्नुपर्दा मर्कामा परेको बताएका हुन् ।
नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १४ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट १४ हजार क्विन्टल धान खरिद गरेको छ ।
खेर गएको विद्युत् प्राधिकरणले किन्ने
उपभोक्ताले सञ्चालन गर्दैआएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उपभोक्ताको लगानीमा दश वर्ष अघिदेखि सञ्चालित लघु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।
मह बेचेर चार लाखभन्दा बढी आम्दानी गर्दै रूपबहादुर
जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु चार लाखबढी आम्दानी गर्दै आउनुभएको छ ।
आलुको उत्पादन बढाउन कृषकलाई बीउ
आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ। आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धिगरी आलु कृषकको आयस्रोत वृद्धि गर्न यस नगरपालिकाले वडा ४, ६ र ११ का कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरेको हो ।
उद्योग दिवसमा ६५ उद्योगी सम्मानित
दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका ६५ उद्योगीहरु सम्मानित भएका छन् ।
डाँसबहादुरको माहुरी पालन
दाङको बंगलाचुली गाउँपालिका वडा नं. ४ गहतेरामा डाँसबहादुर डाँगीले व्यावसायिक रूपमा पालेका लोकल माहुरीका घारहरू ।
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिम
बुटवल–नारायणगढ सडकखण्डको विस्तारमा भइरहेको ढिलाइका कारण सवारी दुर्घटना बढ्दै गएको छ ।