बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।
राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नुभएको छ।
एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मगर
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार राना मगरलाई दलको उपनेता मनोनीत गर्नुभएको हो ।
२४ गते संसद् अधिवेशन, खेलाडीलाई जनही ६ लाख
सरकारले वैशाख २४ गतेका लागि संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री देउवा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ ।
जमुनाहा नाका ४८ घण्टाका लागि बन्द
यहाँस्थित नेपाल–भारत जमुनाहा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले बुधबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सञ्चारकर्मी र अन्य नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो ।
‘सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानुन र संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, संवद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको बताउनुभएको छ। उहाँले सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ।
मिटरब्याज पीडितका समस्या : अध्यादेश ल्याएर समाधान गरिने
सरकारले मिटरब्याजीबाट पीडित नागरिकको माग सम्बोधन गर्न अध्यादेश ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिटरब्याजीको समस्या छिटोभन्दा छिटो समाधानका लागि कानुनी व्यवस्था गर्न मन्त्रीपरिषद् बैठकबाट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको’ बताउनुभयो।
स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्नुभएको छ ।
प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छ : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताउनुभएको छ ।
प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानुन कार्यान्वयनमा सरकार दृढ छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको प्रष्ट पार्नुभएको छ ।
मिटरब्याज समस्या सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।
एमाले सांसद् कोइरी निलम्बित
प्रतिनिधि सभाका सदस्य कोइरीलाई मंगलबार सभामुख देवराज घिमिरेले निलम्बन गर्नुभएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो।
स्मरणयोग्य काम गर्न नेता सिंहको आग्रह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशका लागि मरेर पनि जीवित नाम रहनेगरी काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग महानिर्देशक डा.बरमेजोको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ।
यातायातका उपसचिवविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्व एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।
सामान्य अङ्कले घट्यो नेप्से
मंगलबार पुँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो।
अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बारको चेतावनी
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ।
अर्थतन्त्र नसुध्रे नेपाल छिट्टै टाट पल्टिन्छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको आर्थिक अवस्था सुधार्नेतर्फ काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।
सरकारले कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा छौँ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको छ।
उपेन्द्र यादवद्वारा शपथग्रहण
बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।