भारत–नेपाल विकास सहकार्य : समझदारीपत्रमा हस्ताक्षर
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुह्लो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ।
प्रतिनिधि सभाको सचिवमा पद्यप्रसाद पाण्डेय नियुक्त
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पाण्डेयलाई प्रतिनिधि सभाको सचिव नियुक्त गर्नुभएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाउनुभयो विश्वासको मत
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज (बिहीबार) बसेको गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।
राष्ट्रिय सभाको सचिवमा डा.अर्याल नियुक्त
संघीय संसद सचिवालयमा सहसचिव पदमा कार्यरत डा. सुरेन्द्र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गर्नुभएको थियो।
खेल क्षेत्रको अभावलाई समाधान गर्ने काम गर्छु : खेलकुद मन्त्री लिम्बु
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ।
न्याय चुस्त बनाउने मेरो पहिलो प्राथमिकता : मन्त्री गुरुङ
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
सरकारको ध्यान नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनु भएको छ ।
नवनियुक्त मन्त्रीले लिनुभयो शपथ
बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन हुँदैन : अध्यक्ष ओली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
वार्ता समिति गठन भएपछि कर्मचारीहरूको आन्दोलन स्थगित
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
महिलालाई विज्ञापनको साधन बनाइनु गलत हो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाउन नहुने बताउनुभएको छ ।
व्यस्तताका कारण सुदूरपश्चिम सरकार विस्तार हुन सकेन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूसहितका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको व्यस्तताका कारण सुदूरपश्चिम प्रदेश सरकार बिस्तार गर्न ढिलाइ भएको बताउनुभएको छ ।
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज (बिहीबार) बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
मधेशको अधिकारका लागि सकारात्मक छु : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ मधेश र मधेशी जनताको हक–हित र अधिकारका लागि सकारात्मक रहँदै आएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “मैले मधेशको जनता र त्यहाँका राजनीतिक दलहरूको विश्वास जित्नका निम्ति संविधान संशोधनका लागि सदनमा दुई–दुई पटक प्रस्ताव दर्ता गराएँ ताकि त्यहाँको जनता, राजनीतिक र बुद्विजीवीलाई यो भरोसा होस् कि मधेशी जनताको आवाज र भावनाप्रति प्रचण्ड संवेदनशील छ।’’
बजेट अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २४ गतेका लागि आह्वान गर्नुभएको छ । संसद्को हिउँदे अधिवेशन गत वैशाख १५ शुक्रबार मध्यरातिदेखि अन्त्य भएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । सरकारले बजेट अधिवेशन आह्वानका लागि बुधबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मिटरब्याज कसुरमा सात वर्ष कैद प्रस्ताव
मिटरब्याजपीडितसँग भएको सम्झौताअनुसार कारोबारलाई कसुर परिभाषित गर्नेगरी अध्यादेश जारी भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नुभएको हो। अध्यादेशले मिटरब्याजलाई अनुचित लेनदेनमा परिभाषित गरेको छ। जाँचबुझ आयोगले काम सुरु गरेसँगै सरकारले अध्यादेश सिफारिस गरेको थियो। सिफारिसलगत्तै अध्यादेश जारी भएको हो।
सरकारपिच्छे योजना : सुकुम्बासी बागमती किनारमै
काठमाडौँ महानगरपालिका–११, थापाथलीको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि नागार्जुन नगरपालिका–१, रानीवनमा अपार्टमेन्ट निर्माण गरिएको नौ वर्ष भयो । सहरी विकास मन्त्रालयका अनुसार करिब १२ करोड रुपियाँको लागतमा सहरी विकास तथा भवन निर्माण विभागले बनाएको भवन २०७७ माघ १३ गतेदेखि मानव सेवा आश्रमलाई प्रयोग गर्न दिएको छ ।
सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनःदरखास्त आह्वान
लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ।
सूचना प्रविधि विधेयकका प्रावधानमा सचेत हुनुपर्ने सरोकारवालाको भनाइ
आगामी संसद अधिवेशनमा पेश हुने तयारीमा रहेका आम सञ्चार र सूचना प्रविधिसम्बन्धी विभिन्न विधेयकले अभिव्यक्ति स्वतन्त्रता र सूचना-प्रविधी उद्योगप्रति नियन्त्रण गर्ने प्रावधान समेट्न सक्नेप्रति सरोकारवालाले सचेत गराएका छन्।
आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ।
परराष्ट्रमन्त्री साउद बिहीबार बेलायत जानुहुने
काठमाडौं, वैशाख २० गते। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ।लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले आज जनाएको हो। सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनुहुनेछ। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ। रासस
सत्ता गठबन्धनको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो।