‘सुशासन कायम गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेण्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा उपचार खर्च आफैँले व्यहोर्ने इच्छा व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको उपचार खर्च आफैँले व्यहोर्ने हुनु भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपालमा चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने बताउनु भएको छ ।
सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ ।
पूर्वलडाकुलाई किस्ताबन्दीमा रकम वितरण गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी लडाकुलाई वितरण गर्ने रकम किस्ताबन्दी रूपमा वितरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले देशमा देखिएको आर्थिक समस्याका कारण रकम किस्ताबन्दी रूपमा वितरण गर्न लागिएको स्पष्ट पार्नुभयो ।
रास्वपालाई सरकारमा लैजान छलफल गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सत्ता साझेदार दलमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित सरकारमा सहभागी दलहरूसँग रास्वपालाई सरकारमा ल्याउने सम्भावनाबारे छलफल गर्नुहुने भएको हो ।
आयव्यय नबुझाउने २२ दललाई कारबाही हुने
निर्वाचन आयोगमा समयसीमाभित्र ८३ वटा राजनीतिक दलले मात्रै लेखा परीक्षणसहितको आयव्ययको विवरण बुझाएका छन्। आयोगमा दर्ता भएका दलको सङ्ख्या भने ११६ छ। बाँकी ३३ मध्ये आठवटाले ढिला गरी बुझाएका छन्। २०७८/७९ मा दर्ता भएका तीनवटा दलले भने अहिले बुझाउनु पर्दैन। बाँकी २२ वटा दल आयोगको कारबाही प्रक्रियामा छन्।
प्रहरीले फेरि पठायो कोइरी फरार रहेको पत्र
नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी फरार सूचीमा रहेको जानकारी प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद्लाई पुनः गराएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै प्रहरीले उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि कोइरी फरार रहेको जानकारी पठाएको हो। यसअघि पुस ७ गते पनि प्रहरीले संसद् सचिवालयलाई फरार रहेको अवस्थाबारे जानकारी पठाएको थियो।
अख्तियार विधेयकको संशोधनमा ‘कपी पेस्ट’
विषय र प्रसङ्गमा कुनै पनि विधेयकमा सांसदहरूको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन । एउटै विषयमा एकभन्दा बढी माननीयको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको एक विवादित व्यवस्थामा छ जनाभन्दा बढी सांसदको संशोधनको व्यहोरा पूर्ण रूपमा दुरुस्त नै पाइएको छ । शब्द, शब्दावली मात्र हैन अनुच्छेदको कमामा समेत कुनै फेरबदल छैन, ‘कपी एन्ड पेस्ट’जस्तो छ । त्यसरी संशोधन दर्ता गर्ने सांसदहरू पनि फरक फरक दलका हुनुहुन्छ ।
रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आज पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।
श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हक, हित अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्षबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गर्नुभएको छ । सोमवार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुइ देशबीचको पाँच दशक लामो दौत्यसम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियुलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भैरहेको चर्चा गर्नुभयो ।
बजेट अगाडि नै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छः ज्ञानेन्द्रबहादुर कार्की
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउनुभएको छ।
प्रदेशको आर्थिक समृद्धि नै पहिलो प्राथमिकता : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको आर्थिक समृद्धि रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले सोमवार घोराहीमा आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘दैजि–छेला औद्योगिक क्षेत्रको काम अघि बढ्छ’
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले दैजि–छेला औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
नगरपालिकामा महिनादेखि तालाबन्दी, तीन अधिकृत फेरिए
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा तालाबन्दी गरिएपछि कामकाज एक महिनादेखि ठप्प भएको छ । नगरपालिका कार्यालयमा गएको चैत १५ गते जनप्रतिनिधि र विभिन्न दलका नेताहरुको नेतृत्वमा सर्वदलीय सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको थियो । एक महिना बितिसक्दा पनि तालाबन्दी खुलेको छैन ।
सरकार र महावीर पुनबीच सात बुँदे सहमति
सहमतिमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष पुनले हस्ताक्षर गर्नुभएको छ ।
सरुवा, बढुवामा कुनै राजनीतिक हस्तक्षेप छैनः महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताउनुभएको छ।
भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ।
सरकारले श्रमिकको पक्षमा काम गर्नुपर्छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले श्रमिकको पक्षमा काम नगरेको बताउनुभएको छ ।
रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ।
‘निजी क्षेत्रसँग सहकार्य गरेरै आर्थिक समृद्धि कायम हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक रूपले गति लिन नसक्ने बताउनुभएको छ ।
'महावीर पुनका माग सम्बोधन गर्न सरकार तयार छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ।