सरकारको कामलाई नकारात्मक प्रचार नगरौँ : मन्त्री शर्मा
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
कांग्रेस सांसद भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किँदै
भारतमा दुई महिना लामो स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुहुने भएको छ।
जति नै पहुँच भए पनि मिटरब्याजीलाई छाडिन्न: गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडक जति नै पहुँचवाला र स्थापित भए पनि सरकारले नछाड्ने बताउनुभएको छ ।
भ्रष्टाचार अनुसन्धानको पाँच वर्षे हदम्याद स्वीकार्य हुँदैन : महामन्त्री शर्मा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको छ।
‘एमाले सरकारबाट बाहिरिएसँगै देश ओरालो लाग्दैछ’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताउनुभएको छ । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उहाँको भनाइ छ ।
विकासका लागि दलीय स्वार्थभन्दा माथि उठौँ : मन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
राहतकाे विराेध नगर्न बहिर्गमित सेनाकाे अपिल
बहिर्गमित जनमुक्ति सेना, नेपालले दुई लाख रुपियाँ आफूहरूलाई राहत स्वरूप दिने सरकारको निर्णयको विरोध नगर्न सङ्घीय संसद् र त्यहाँका सांसदहरूलाई अपिल गरेको छ ।
मुख्यमन्त्री चौधरीले १८ गते विश्वासको मत लिनुहुने
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बजेटमा कर्णालीलाई प्राथमिकता दिन १४ सांसदको माग
सङ्घीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्तरुपमा योजना पेस गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् ।
प्रधानमन्त्रीद्वारा अनसनरत किसान घिमिरेको माग सम्बोधनको पहल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक बनाउन गृहकार्य हुँदैछः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण प्रतिफलमूलक बनाउन गृहकार्य उच्चस्तरमा अघि बढेको स्पष्ट पार्नुभएको छ। गोरखापत्र दैनिकसँग कुराकानी गर्दै मन्त्री साउदले भन्नुभयो, “प्रधानमन्त्रीस्तरको भ्रमण प्रतिफलमूलक हुने गरेर थोरै एजेन्डा लैजान चाहन्छौँ। कार्यसूचीलाई प्रतिफलमा आधारित बनाएर टुङ्गोमा पु-याउने तथा प्राथमिकीकरण गर्ने विषयमा बृहत् गृहकार्य जारी छ।”
विषयगत समिति गठन
प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको झन्डै चार महिनापछि विषयगत समिति गठन भएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकले १० विषयगत समिति गठन गरेको हो। समिति गठन नहुँदा विधायिकी कार्य हुन सकेका थिएनन्। समिति गठनसँगै सभामा विचाराधीन रहेका नौ विधेयक सम्बन्धित समितिमा पठाइएका छन्।
कानुन निर्माणमा उपलब्धि शून्य
निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको अधिवेशन विधायिकी कार्यमा पूर्णतः असफल बनेको छ। २०७९ पुस २५ मा सुरु भई ११० दिनसम्म चलेको अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन। सङ्घीय संसद्को चालु अधिवेशनले कुनै पनि कानुन निर्माणलाई पूर्णता दिन नसकेको हो। राजनीतिक विवादका कारण अधिवेशन अन्त्यको जानकारी पूरा गर्नसमेत मध्यरात कुर्नुप-यो।
कार्यवाहक राष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ ।
अर्थमन्त्री महत र जर्मनीका राजदूत प्रिन्जबीच भेटवार्ता
अर्थमन्त्री डा. प्रकाश शरण महतसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ।
मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उहाँले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।
१८ प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।
असहमति जनाउन पाइन्छ, आतङ्क सिर्जना गर्न पाइँदैन : उपमहासचिव रिमाल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले असहमति जनाउन पाइने तर आतङ्क सिर्जना हुनेखालको गतिविधि हुन नहुने बताउनुभएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य
सङ्घीय संसद्को चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।
अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता
अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।
खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्व घुस लिएको आरोपमा मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्व एक लाख ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनीत
प्रतिनिधि सभाका विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनित गरिएको छ । आज (सोमबार) को प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो ।
कर्मचारीले नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि : मन्त्री मोदी
सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताउनुभएको छ ।