शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख १५ गते। अर्थमन्त्री डा. प्रकाश शरण महतसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ।
भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ ऊर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताउनुभयो।
साथै उहाँले नेपालमा औषधिजन्य उद्योगमा लगानी गर्न रुचि रहेकोसमेत जानकारी गराउनुभयो।
अर्थमन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्र्याउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।