• १४ वैशाख २०८१, शुक्रबार

उपेन्द्र यादवद्वारा शपथग्रहण

blog

प्रतिनिधिसभा सदस्यको रुपमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण गर्नुहुँदै जसपा अध्यक्ष उपेन्द्र यादव । तस्बिर : संघीय संसद् सचिवालय

काठमाडाैं, वैशाख १९ गते । बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवलाई सभामुख देवराज घिमिरेले आज संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराउनुभएको हो ।

यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो । उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसक्नुभएको छ । – रासस