• २८ वैशाख २०८२, आइतबार

अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बारको चेतावनी

blog

नेपाल बार एसोसिएसनले मंगलबार नेपाल बारको परिसरमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी कानुन व्यवसायी । तस्बिर : कविता थापा

काठमाडौं, वैशाख २० गते। प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ। मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो। 

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो। उहाँले आन्दोलन एक हप्तासम्म जारी रहने बताउनुभयो। 

कानुन व्यवसायीले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।