उपहार क्याटलग विवादमा ताकाइची
जापानकी प्रधानमन्त्री साने ताकाइची आफ्नै दलका सांसदलाई बधाईस्वरूप उपहार क्याटलग उपलब्ध गराएको विषय सार्वजनिक भएपछि नयाँ विवादमा पर्नु भएको छ ।
रणनीतिक साझेदारी नयाँ चरणमा : प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुग्नुभएको छ ।
सन्तुलित व्यापार र युक्रेन शान्तिको एजेन्डा : चान्सलर मर्ज
युक्रेन युद्ध अन्त्यका लागि चीनको प्रभाव प्रयोग गर्न आग्रह गर्दै र जर्मन कम्पनीका लागि निष्पक्ष व्यापार वातावरणको मागसहित जर्मनीका चान्सलर फ्रेडरिक मर्ज बुधबार दुई दिने भ्रमणका लागि बेइजिङ आइपुग्नु भएको छ ।
‘घृणा र आरोपको राजनीति दीर्घकालीन हुँदैन’
निवर्तमान सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली दीर्घकालीन राजनीति नहुने बताउनुभएको छ ।
मुस्ताङका उम्मेदवारको प्राथमिकता कोरला नाकाको पूर्वाधार निर्माण
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुस्ताङमा उम्मेदवारी दिएका सबै उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन सक्रिय छन् ।
७५ जिल्लामा पुगे निर्वाचन सामग्री र मतपत्र
आगामी फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ ।
युवा पुस्ताको भावना बुझेर कांग्रेस अघि बढ्छ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएकाे छ ।
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छाया
राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हाँसिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नु भएको छ ।
लमजुङमा मुख्य दलका उम्मेदवारबिच प्रतिस्पर्धा
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा मुख्य तीन दलबिच प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमाले, कांग्रेस र अहिलको नेपाली कयुनिष्ट पार्टीबिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धीमा थपिएको हो ।
बाँके–२ का कांग्रेस उम्मेदवार कोइरालाले सङ्कल्प–पत्र सार्वजनिक
नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफ्नो सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ।
नवलपरासी–१ की महिला उम्मेदवार जलेसा घरदैलोमा व्यस्त
पश्चिम नवलपरासीको चुनावी मैदान यस पटक रोचक मोडमा पुगेको छ। जिल्लाका स्थापित शीर्ष राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सिन्धु ‘जलेसा’ बुढाथोकी भने सशक्त रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ।
देश सम्हाल्ने क्षमता कांग्रेसमा छ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले जेन–जी आन्दोलनपछि देश कठिन परिस्थितिमा रहेकाले अहिलेको अवस्थामा देशलाई सम्हाल्ने क्षमता नेपाली कांग्रेससँग रहेको बताउनुभएको छ।
निर्वाचनप्रति मतदाता उत्साही
निर्वाचनप्रति मतदातामा उत्साह देखिएको छ। निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन हुनेमा सरोकारवाला निकायहरू विश्वस्त रहेको एक अध्ययनले देखाएको छ।
दलित उम्मेदवारलाई चुनाव जित्न सकस
सुदूरपश्चिम प्रदेशका तीन निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मुख्य राजनीतिक दलका तीन जना दलित उम्मेदवारलाई विजय हासिल गर्न कठिनाइ देखिएको छ।
एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले राज्यले गैरसरकारी सङ्घ–संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
तोकिएको समयमै निर्वाचन हुनुपर्छ : एमाले
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा एमाले दृढ रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अनेक बाहनामा चुनाव सार्ने भन्ने हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो कुरा बताउनुभयो ।
जनताको सवाल जवाफमा सबै उम्मेदवार एउटै मञ्चमा
कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार र जनताबिच औपचारिक सवालजवाफ कार्यक्र्र्र्र्र्रम कैलालीको सुखडमा सम्पन्न भएको छ ।
बोलेर हैन, गरेर देखाउछौं : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उर्जा मन्त्री कुलमान घिसिङले आफू काममा विश्वास गर्ने पात्र भएकाले जथाभावी आश्वासन नदिने बताउनुभएको छ ।
नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताउनुभएको छ।
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने
चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
दाङ-२ लाई शैक्षिक हब र आत्मनिर्भर कृषि क्षेत्र बनाउने प्रतिज्ञापत्र
दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले समग्र क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ।
कपिलवस्तु क्षेत्र नंं. १ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्प पत्र (भिजन सेवन)’ सार्वजनिक गरेको छ ।
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय
सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सङ्घियता समाप्त पार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एकपटक फेरी सङ्घियता समाप्त पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।