विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्र्नुहुँदै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो ।
गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
अर्थमन्त्री पौडेल र विश्व बैँकका उपाध्यक्ष राइजरबिच भेटवार्ता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा नेपाल सरकार र विश्व बैंकबिच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।
मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश
उच्च अदालत तुलसीपुर नेपालगन्जले मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मुक्त कमैयाहरूले आफूले मुक्त कमैयाको हैसियतमा सरकारबाट प्राप्त गरेको जग्गाको पूर्ण साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै गत वैशाख २८ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज रिट दर्ता गरेका थिए ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची रहेको छ ।
रञ्जिता र रेसमका कारण अझै टुङ्गो लगाउन सकेन मन्त्रीको नाम
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा अझै नाम टुङ्गो लगाउन सकेका छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री कसलाई पठाउने भनेर जिम्मेवारी पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसम चौधरीलाई जिम्मेवारी दिइएको भए पनि नाम सहमति हुन नसकेको हो ।
आतङ्कवादविरुद्धको कारबाही रोकिँदैन : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि
मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाइने
नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाउने भएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ ।
उपराष्ट्रपति यादवसँग नर्वेली राजदूत ड्रामडलको भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मङ्गलबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, विकास सहयोगलगायतका विषयमा संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना
नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् ।
प्रतिफल प्राप्त हुने क्षेत्रमा सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्छ : सांसद चौधरी
प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताउनु भएको छ ।
‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुभएको छ ।
प्रगतिको प्रस्थान विन्दु आशाको सञ्चार हो : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान विन्दु नै आशाको सञ्चार भएको बताउनुभएको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल प्रारम्भ भएको छ ।
'विपद् तथा मानविय संवेदनामा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्छ'
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् तथा मानविय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
पुष्पलाल राजमार्ग निर्माण छिटो सक्न सरकारसँग माग
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गर्नुभएको छ ।
अधिक प्रतिफल दिनेगरी स्रोत परिचालन गर्नुपर्ने
नेपाली काग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्ने बताउनुभएको छ ।
गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताउनुभएको छ ।
'देशमा सुशासनको अभियान चलाउनुपर्छ'
मङ्गलबार प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीको आयोजनामा तम्घासमा भएको पत्रकार सम्मेलनमा उहाँले समृद्ध नेपाल निर्माणका लागि सुशान कायम गर्न जरुरी रहेको बताउनुभएको हो ।
राजस्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गर्नुभएको छ ।
कछुवाको तालमा नागढुङ्गा-मुग्लिङ सडकको पुनर्निर्माण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवम् सांसद डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : छ वटा विषयमा केन्द्रित हुने
परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।