• १४ फागुन २०८२, बिहिबार

कांग्रेस सभापति थापा शुक्रबार बागलुङ आउनुहुने

blog

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ।

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन १४ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बागलुङ आउने हुनुभएको छ । सभापति थापाले शुक्रबार कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को आयोजनामा बागलुङ बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने बताइएको छ ।

शुक्रबार बिहान ११.३० बजे थापा बागलुङ आउने कार्यक्रम तय भएको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो । सभामार्फत बागलुङसँग बदलिएको कांग्रेसका धारणाबारे जानकारी दिँदै आफ्ना उम्मेदवारको पक्षमा मत मागिने छ ।

चुनावी सभामा बागलुङका २ वटै क्षेत्रका वडादेखि नै कार्यकर्ता र शुभेच्छुकहरु आउने तयारी भएको छ । त्यसका साथै छिमेकी जिल्ला म्याग्दी पर्वतबाट पनि नेता तथा कार्यकर्ताहरु आउने कांग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

आम सभाका लागि सबै वडाका सभापतिको नेतृत्वमा सदरमुकाममा कार्यकर्ताहरु आउने गरी तयारी गरिएको छ । आम सभामा राष्ट्रिय कलाकाल विमलराज क्षेत्र लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहेने पौडेलले बताउनुभयो  ।

बागलुङ क्षेत्र नम्बर १ मा कांग्रेसमा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेल प्रत्यक्षतर्फका उम्मेदवार रहनुभएको छ । त्यसैगरी समानुपातिकमा शकुन्तला शर्मा, पार्वती आचार्य र रेणुका काउचा मगर हुनुहुन्छ  । बागलुङ पश्चात सभापती थापाको पोखराको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।