• १२ फागुन २०८२, मङ्गलबार

जनताको सवाल जवाफमा सबै उम्मेदवार एउटै मञ्चमा

blog

जनताको सवालको जवाफ दिन एकै मञ्चमा बसेका कैलाली २ का उम्मेदवार । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) फागुन  १२ गते । कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार र जनताबिच औपचारिक सवालजवाफ कार्यक्र्र्र्र्र्रम कैलालीको सुखडमा सम्पन्न भएको छ ।

घोडाघोडी जेसीस २०२६ ले आयोजना गरेको जनतासंग प्रत्यक्ष संवाद कार्यक्रममा प्रमुख दलका उम्मेदवार सहभागी भएका थिए । 

पहिलो चरणको कार्यक्रममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी र चुनावी प्रतिबद्धताका बिषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो भने दोस्रो चरणमा जनताले विभिन्न दलका उम्मेदवारलाई प्रश्न गर्नु भएको थियो ।

नेपाली कांग्रेसका उम्मेद्वार भिम बडुवाल, नेकपा एमालेका उम्मेदवार, गौरीशंकर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार, नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेद्वार विक्रम चौधरी, नेकपा माओवादीका उम्मेदवार अर्जुनप्रसाद कठरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिरेन्द्रबहादुर बम्लाई जनताले विभिन्न प्रश्न गरेका थिए ।

कैलाली क्षेत्र नम्बर २ को पूर्वाधार, सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषीका समस्याका बारेमा जनताले उम्मेदवारलाई प्रश्न गरेका थिए । देशमा रोजगारी सिर्जना गर्न, सुशासनका विषयमा जनताले योजना मागेका थिए । 

जवाफमा उम्मेदवार बडुवालले आफूले जितेमा पाँचबर्षमा देशमा सुशासन कायम गर्न, किसानले मल बीउ सजिलै पाउन सदनमा आफ्नो भूमिका रहने बताउनुभयो । त्यसैगरि रास्वपाका उम्मेदवार जोशीले देशमा अहिलेसम्म भएका भ्रष्टचारको फाईल आफ्नो पार्टी सत्तामा पुगेपछि खोल्ने र देशमा रोजगारी सृजना गर्ने बताउनुभयो ।२०७४ र २०७९ सालमा 

एमालेका उम्मेदवार चौधरीले आफूले पहिला जितेर धेरै योजनाहरुमा काम गरेको उल्लेखगर्दै अधुरा र अहिलेसम्म हुन नसकेको योजनालाई पूर्णता दिन , देशलाई समृद्धिबनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

सबैभन्दा बढी प्रश्न एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारलाई गरिएको थियो । कार्यक्रमका ११ वटा दलबाट उम्मेदवार रहेपनि सवालजवाफ कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिरमान चौधरी, मितेरी पार्टी नेपालका उम्मेदवार शुसिला थापा मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार लक्ष्मीराम चौधरी, नेपाल किसान मजदुर किसान पार्टीका उम्मेदवार जुनु महतारा शाही भने उपस्थित हुनु भएको थिएन ।

राष्ट्रिय जेसिस १०१२ का अध्यक्ष तेजशंकर भट्टको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि भट्टले नेतृत्वको दृष्टि सुन्ने, भविष्यको दिशा बुझ्ने उद्धेश्यले ककस कार्यक्रम जेसीसले गरेको बताउनुभयो । उहाँले सहि नेतृत्व चयनका लागि उम्मेदवारलाई जनताले कहिले, कसरी, कहाँ लगायतका प्रश्न राख्नकालागि कार्यक्रमको नामपनि ककस राखेको बताउनुभयो ।

घोडाघोडीका जेसिसका अध्यक्ष धनबहादुर बडुवालको सभाअध्क्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण घोडाघोडी जेसिसका संस्थापक अध्यक्ष लालबहादुर शाहीले गर्नु भएको थियो।