प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि करिब १८ घण्टा छलफल हुने भएको छ ।
जलवायु परिवर्तनको विषय मुल प्रवाहीकरणमा लैजानुपर्छ : डा. रेग्मी
सगरमाथा संवादलाई सरकारले हिमाली क्षेत्रका बहुआयामिक सङ्कट मात्र नभई विश्वको सामाजिक, सांस्कृतिक र आर्थिक समृद्धिमा हिमालको योगदान उजागर गर्ने फरक ढङ्गको पहलका रूपमा अघि सारेको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतका प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरू भएको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ भएको छ ।
आजको संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने
काठमाडौँ, वैशाख ३० गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा [कर प्रस्ताव बाहेक] सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
बुद्धका शिक्षा अपनाउँदा कल्याण हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ ।
हिल्टन होटल खरिद विक्रीको समाचार भ्रामक
काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद विक्री भएको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारको शंकर ग्रुपले खण्डन गरेको छ।
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : मन्त्री पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताउनुभएको छ ।
संयमका लागि भारत–पाकिस्तानलाई धन्यवाद : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली भारत र पाकिस्तानलाई संयमका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भव : अध्यक्ष दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ ।
तस्बिरमा २५६९ औं बुद्ध जयन्ती
प्रधानमन्त्री केपी शर्मा ओली २५६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
कर्णाली देखिने गरी विकास गर्छौं : सञ्चारमन्त्री गुरुङ
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताउनुभएको छ ।
लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको उद्घोष गर्नुभएको छ। सोमबार २५६९ औ बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
प्रदेश प्रमुख देवकोटाद्वारा शुभकामना व्यक्त
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उँभौली पर्व र बुद्धजयन्ती २५६९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै प्रदेशवासीलगायत सबैमा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।
सञ्चार माध्यममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ: उपसभामुख राना
काठमाडौँ, वैशाख २९ गते । उपसभामुख इन्दिरा रानाले सञ्चार माध्यममा पत्रकार महिलाहरूको अर्थपूर्ण सहभागितामा जोड दिनुभएको छ । इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बङ्गलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् सँगको सहकार्यमा ढाकामा आयोजना गरेको कार्यक्रममा बोल्दै रानाले सञ्चार माध्यमहरूमा पत्रकार महिलाहरूले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको हो । ‘मिडियामा महिलाहरूको अर्थपूर्ण सहभागिता देखिन सकेको छैन।’, उहाँले भन्नुभयो ‘पत्रकार महिला माथि बाधा पुर्याउने संरचनात्मक र सामाजिक अवरोधहरू छिचोलेर अगाडी बढ्नुपर्छ ।’राजनैतिक र सामाजिक कार्यकर्ताको रूपमा काम गर्दाका आफ्ना अनुभवहरू सुनाउँदै उपसभामुख रानाले पत्रकारहरूले सामना गरिरहेका अवरोधहरू हटाउन र सञ्चार माध्यमलाई समावेशी र महिलामैत्री बनाउन ठोस प्रयासहरूको आवश्यकतालाई जोड दिनुभयो । नेपाल र बङ्गलादेशका पत्रकार महिलाहरू बिचको मित्रता र सहयोगको प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशका पत्रकार महिलाहरूका धेरै साझा समस्याको मन्थन गर्ने अवसर देखिएकोले समस्या समाधानका लागि आवाज उठ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालकी अध्यक्ष लक्ष्मी भण्डारीले मिडिया क्षेत्रमा महिलाहरूलाई व्यावसायिक बनाउन पेशेवरहरूलाई सशक्त बनाउन प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रम दुई देशका पत्रकारहरू बिच दीर्घकालीन मित्रतालाई बढाउँदै भविष्यमा आउने साझा चुनौतीहरू सामना गर्न सहकार्य र अर्थपूर्ण साझेदारीका प्रयासहरूको खोजी गर्न सफल भएको ढाका स्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
अध्यक्ष दाहालद्वारा बुद्धजयन्तीको शुभकामना
काठमाडौँ, वैशाख २९ गते । नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ ।गौतमबुद्धको जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।”बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, “शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको पच्चीस सय ६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको अध्यक्ष दाहालको भनाइ छ ।अध्यक्ष दाहालले भन्नुभएको छ, “गौतमबुद्धले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ, क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन् । बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।”
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
काठमाडौँ, वैशाख २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।” उहाँले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा बुद्धजयन्तीको शुभकामना
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ । पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै सो कुरा बताउनुभएको हो । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गर्नुभएको छ पच्चीस सय ६९औँ बुद्धजयन्तीको शुभ अवसरमा गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गर्नुभएको छ ।
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताउनुभएको छ ।
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन सबैले पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताउनुभएको छ ।
सगरमाथा संवादको तयारी अन्तिम चरणमा
नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
भारत–पाकिस्तान वार्ता आज
आपसी टकरावकाबिच भारत र पाकिस्तानबिच सोमबार वार्ता हुने भएको छ ।
गोरखापत्र संस्थानको आधुनिकीकरण गर्नुपर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र संस्थानलाई समयअनुसार आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभएको छ ।