परिवर्तनकारीको पक्षमा लाग्न प्रचण्डको आग्रह
सञ्जयकुमार मिश्र गौर, वैशाख २७ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा प्रतिगमनकारीलाई परास्त गरेर परिवर्तनकारीको पक्षमा लाग्न आग्रह गर्नुभएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगा पिपरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो।प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न षड्यन्त्र रच्दै अहिलेको संविधान र व्यवस्थालाई पल्टाउन खोजिरहेको आरोप लगाउँदै स्थानीय तहको निर्वाचनमा त्यस्ता संघीयता विरोधी तत्त्वलाई तह लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुती प्रदान गर्न माओवादी केन्द्रको पक्षमा लाग्न जोड दिनुभयो।तराई मधेसमा नागरिकता समस्या अहिलेको गठबन्धकै सरकारले हल गरेर अघि बढ्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले संसद सुचारु भएपछि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने पक्षमा माओवादी केन्द्र सक्रिय रहेको उल्लेख गर्नुभयो। प्रचण्डले गाउँगाउँमा स्थापित भएको सिंहदरबारलाई सुदृढ व्यवस्थित पार्नका प्रतिगमनलाई परास्त गरी संघीयताको पक्षमा माओवादी केन्द्रका उम्मेदवारलार्ई विजयी बनाउन आह्वान गर्नुभयो ।कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष उम्मेदवार शम्भु सिंह, संविधानसभा सदस्य अशोक जयसवाल, पूर्वराज्यमन्त्री सत्यनारायण भगत, वडाध्यक्षको उम्मेदवार धर्मेन्द्रकुमार झा सहितका नेता एवं कार्यकर्ताको उपस्थिति थियो।
अबको सरकार पनि गठबन्धनकै : कांग्रेस नेता प्रधान
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले अब बन्ने सरकार पनि गठबन्धनकै हुने बताउनुभएको छ ।
भ्रष्टाचार आरोपमा सप्तरीका प्रमुख जिल्ला इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा
नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियरसहित तीन जनाविरुद्ध आरोपत्र दायर भएको छ।
डडेलधुरालाई प्रदेश राजधानी बनाउन सकिन्छ : प्रधानमन्त्री देउवा
। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी डडेलधुरा सार्न सकिने बताउनुभएको छ।
पोखरा महानरका मेयर जिसीलाई २४ घण्टे स्पष्टीकण
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचरसंहिता विपरीत पुल उद्घाटन गरेको भन्दै कार्यालले मङ्गलबार पाँच बजेसम्म लिखित जवाफ दिने भन्दै स्पष्टीकरण सोधेको हो।
कांग्रेस सभापति देउवाको अपील
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपील गर्नुभएको छ।
भ्रष्टाचार विकासको बाधक : डा.भण्डारी
नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनु भएको छ ।कतिपय स्थानीय तहमा भ्रष्टाचार र वेथिति मौलाएको भन्दै उहाँले भ्रष्टाचार मुलुकको विकासको सबै ठूलो चुनौती बनेको छ भन्नुभयो ।
डोटीको विकासका लागि सधैं तयार छु : अध्यक्ष प्रचण्ड
कपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा दुई खाले छुट्टा–छुट्टै गठबन्धन रहेको बताउनु भयो ।
एमालेको उद्देश्य देश विकास : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मुख्य उद्देश्य देश विकास गर्नु रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले देश बनाउने विषय साझा अभिभारा भएकाले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताउनुभयो ।