मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय (भिडियोसहित)
विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन सहायता स्वीकार गर्ने सरकारको निर्णय
प्रश्न उठिसकेपछि अर्थमन्त्री र पार्टीले त्यसको जवाफ दिनुपर्छ : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित पार्टी र व्यक्तिले दिनुपर्ने बताउनुभएको छ।
माओवादी केन्द्रीय समितिकाे बैठक बिहीबारसम्मका लागि स्थगित
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिकाे बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि बुधबारका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
अर्थमन्त्रीको विषयमा संसदीय छानबिन समिति गठन होस् : उपसभापति खड्का
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको गठन हुनुपर्ने बताउनु भएको छ ।
जसपाका अध्यक्षद्वय यादव र भट्टराईले छुट्टा-छुट्टै भेला गर्दै
काठमाडौं, असार २१ गते। सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वीरगञ्जमा असार २९ र ३० गते केन्द्रीय समिति बैठक बस्दैछ। यसअघि जसपाले असार २८ र २९ गते केन्द्रीय समितिको बैठक बोलाए पनि सो दिन मुस्लिम समुदायको वकर–ईद (कुर्वानी) परेकोले बैठकको मिति सारिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारी मंगलबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ। यसैबीच, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असार २९ र ३० गते काठमाडौंमा छुट्टै भेला आयोजना गर्दै हुनुहुन्छ। यसअघि अध्यक्षद्वय यादव र भट्टराईबीच अलग हुने समझदारी भएको थियो। पूर्वमन्त्रीसमेत रहनुभएका जसपाका उपाध्यक्ष रेणुकुमारी यादवले वीरगञ्जको केन्द्रीय समितिको बैठकबारे थाहा भए पनि भट्टराई पक्षको भेला बारे जानकारी नभएको बताउनुभयो। यस विषयमा बोल्नुहुँदै उहाँले भन्नुभयो, “अब त्यो थाहा भएन, बाबुरामजी के गर्दै हुनुहुन्छ। शीर्ष नेताबीच के छलफल भएको छ, त्यो नेतालाई नै थाहा होला, मलाई बढी थाहा भएन।”जसपा महासचिव नरध्वज लिम्बुले भने पार्टीमा देखिएको समस्या बुद्धिमतापूर्वक ढंगले समाधान गर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो। “बुद्धिमतापूर्ण ढंगले, अपमान गर्ने हिसाबले होइन। मान, मनितोका साथ समाधान गर्ने पक्षमा हामी छौं। छुट्टै भेला बोलाउनुभएको भन्ने पनि छ, वार पारको कुरा पनि नगरौं होला”, अध्यक्ष भट्टराईमा अलि बढ्ता महत्वकांक्षा देखिएको उहाँको भनाइ छ।अध्यक्ष भट्टराईले आफू पक्षमा पार्टीका सदस्यको हस्ताक्षर संकलन गर्नुभएको छ। तर, उहाँको पक्षमा २५ देखि ३० प्रतिशत मत पनि नजुट्ने दाबी यादव पक्षका नेताको छ। नयाँ पार्टी गठनका लागि संसदीय समिति र पार्टीमा ४० प्रतिशत आवश्यक हुनाले भट्टराईद्वारा नयाँ पार्टी गठन हुने विषय प्रष्ट हुन सकेको छैन। अध्यक्ष यादवका प्रेस संयोजक याम चौरासियाका अनुसार वीरगञ्जको बैठकमा अध्यक्ष भट्टराई पक्ष नजाने पक्का भएको छ। त्यही समय अध्यक्ष भट्टराईले अर्को बैठक काठमाडौंमा राख्नुभएको उहाँ बताउनुहुन्छ। उता, जसपाका अर्का महासचिव गंगानारायण श्रेष्ठले अध्यक्ष भट्टराईले असार २९ र ३० गते काठमाडौंमा भेलाको आह्वान गर्नुभएको जानकारी दिनुभयो। “त्यो केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीभित्रको समस्याबारे छलफल, बहस गरेर आवश्यक निर्णय गर्छ”, उहाँले भन्नुभयो। अध्यक्ष भट्टराईले व्यक्तिगतरुपमा पार्टी घोषणा गर्ने कुरा नहुने बताउनुहुँदै श्रेष्ठले भेलामा हजारभन्दा बढी नेता सहभागी हुने दाबी गर्नुभयो। लोकतन्त्रको प्रयोग गरेर नेताले विचार राखेपछि त्यसको आधारमा आवश्यक निर्णय हुने उहाँको भनाइ छ। काठमाडौंको कुन स्थानमा भेला गर्ने भन्नेबारे निश्चित भइनसकेको उहाँको भनाइ छ।
कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानुन परिमार्जन सम्बन्धमा छलफल
सत्ता साझेदार दल नेपाली कांग्रेसको मंगलबारको पदाधिकारी बैठकमा निर्वाचनको कानुन परमार्जन एवम् परिस्कृत गर्ने सम्बन्धनमा छलफल भएको छ।
माओवादी केन्द्रीय कार्यालय बैठकः सांगठानिक प्रस्तावको जिम्मा अध्यक्षलाई
काठमाडौं, असार २१ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को सांगठानिक प्रस्तावको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ। मंगलबार खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निर्णय गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। माओवादी केन्द्रको आज पनि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगितपछि नेताहरु केन्द्रीय कार्यालयको बैठकमा जुट्नुभएको थियो। “पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको छ, पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारीको विषयमा सम्पूर्ण जिम्मा अध्यक्षलाई दिएर संगठनात्मक प्रस्ताव तयार गर्ने निर्णय भयो”, उहाँले भन्नुभयो। यहाँले केन्द्रीय कार्यालयका सबै सदस्यको सुझावका आधारमा अध्यक्ष दाहालले सो प्रस्ताव तयार गर्नुहुने बताउनुभयो। शर्माका अनुसार अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रतिनिधिसभा संसदमा प्रतिपक्षी दलले आवाज उठाए पनि त्यसतर्फ आजको बैठकमा कुनै ठोस छलफल भएन। उहाँले भन्नुभयो, “त्यो विषय प्रतिपक्षीले उठाएका हुन्, त्यसमा छलफल भएन, ठोस प्स्ताव तयार गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको हो।”
संवेदनशीलता हेरेर उपत्यकाको सुरक्षा संघीय प्रहरीलाई दिने तयारी भयो : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताउनुभएको छ।
गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : कांग्रेस उपसभापति गुरुङ (भिडियोसहित )
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गुर्नुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।