न्यायाधीश र अधिवक्ताबीचको वार्ताबारे सत्य अनुसन्धान गर्न बारको माग
नेपाल बार एशोसिएशनले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न माग गरेको छ।
नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय
सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ।
आउँदो निर्वाचनप्रति लचक छौंः नेकपा महासचिव चन्द
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी निर्वाचनप्रति आफू लचक भएको बताउनुभएको छ । अछाम सदरमुकाम मंगलसेनमा भेटघाटको क्रममा पत्रकारसँग कुरा गर्दै आफूहरु संसदीय व्यवस्था र जनताको अवस्था परिवर्तनको पक्षमा रहेको भए पनि आगामी निर्वाचनमा लचक भएको भनाइ राख्नुभयो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताविरुद्ध निर्वाचन आयोगमा दुई उजुरी, 'स्वतन्त्र' हटाउन माग
रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिनुभएको निवेदनविरुद्ध उजुरी परेको छ ।
सत्ता गठबन्धनको बैठक आज बस्दै
सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ ।
गुल्मीका स्थानीय तह सुझाव संकलन गर्दै
गुल्मीका स्थानीय तहहरु यतिबेला नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव संकलनमा जुटेका छन् ।
आगामी निर्वाचनसम्म गठबन्धन हुन्छ : डा. देउवा
गणेश पौडेलपर्वत, असार ७ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले देशमा लोकतन्त्र संस्थागत गर्नका लागि आगामी संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउनुभएको छ। नेपाली कांग्रेस पर्वतले मंगलबार कुश्मामा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै डा. देउवाले यस्तो बताउनुभएको हो। लोकतन्त्रको रक्षा र देशको राष्ट्रियता बचाउनका लागि आगामी निर्वाचनसम्म गठबन्धन धानेर लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘आगामी निर्वाचनसम्म गठबन्धन गरेरै जाने तयारी छ। अहिलेको गठबन्धन कसरी भएको हो भन्ने कुरा सबैलाई अवगत नै छ। सोही अनुसार सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने आवश्यकता छ।’’ नेपाली कांग्रेस देशकै ठूलो पार्टी भएकाले नेतालाई जिम्मेवारी दिने कुरामा पनि चुनौती रहेको उहाँको भनाइ छ। ‘‘फेरि पनि निर्वाचनमा सबैलाई टिकट नहुनसक्छ। तर, पार्टीका कार्यकर्ताले त्याग गरेर पनि पार्टीलाई बलियो बनाउन र जिताउन लाग्नुपर्छ’’, उहाँले भन्नुभयो। कांग्रेसका हरेक कार्यकर्तालाई मिलाएर लैजान पार्टी सभापतिले अधिकतम पहल गर्नुभएको उहाँको भनाइ छ। उहाँले कांग्रेसका जनप्रतिनिधिलाई सुशासन कायम गरेर जनताले देख्ने विकास तथा पारदर्शी काम गर्न आग्रह गर्नुभयो। ‘‘जनप्रतिनिधिले जनताले देख्ने काम गर्नुपर्छ। त्यत्तिले मात्र पुग्दैन। पारदर्शी र जिम्मेवार भएर काम गर्नुहोला’’, उहाँले भन्नुभयो। नेता कार्यकर्तालाई सामाजिक संजालमा जथाभावी नलेख्नसमेत उहाँले आग्रह गर्नुभयो। ‘पार्टीमा भएका असहमतिलाई पार्टीभित्रै राखेर हल गर्न सकिन्छ। विचार र सिद्धान्त बुझेर पार्टीमा लागेका नेता कार्यकर्ताले पार्टीको विरुद्धमा समाजिक संजालमा लेख्नु राम्रो हुँदैन’’, उहाँले भन्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई बलियो बनाउन सबैले त्याग गरेर जान तयार हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निर्वतमान सभापति खिमप्रसाद भुसाल, नेपाली कांग्रेस पर्वतका पूर्वसभापति एवं महाधिवेशन प्रतिनिधि नवराज गुरुङ, तरुण दलका अध्यक्ष विद्वान गुरुङ्ग लगायतले सम्बोधन गर्नुभयो।
मधेश प्रदेशमा मङ्गलबारदेखि घुम्ती कोभिड खोप सेवा सञ्चालन
धर्वेन्द्र झाधनुषा, असार ७ गते। मधेश प्रदेशमा मङ्गलबारदेखि कोभिड-१९ खोप घुम्ती सेवा सञ्चालन भएको छ। मधेश प्रदेश सरकार, अष्ट्रेलियन एड तथा आड्रा नेपालको संयुक्त सहयोगमा बागमती सेवा समाज सर्लाहीले सञ्चालन गरेको घुम्ती कोभिड-१९ खोप सेवालाई मङ्गलबार औपचारिक रुपमा सुरु गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकासमन्त्री नवलकिशोर साह र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्तरुपमा अभियान शुभारम्भ गर्नुभयो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले खोप लिन छुटेका लक्षित वर्गलाई सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोभिड–१९ को भ्याक्सिनले जनजीवनलाई सहज बनाएको स्मरण गर्दै वृद्ध, अशक्त, अपांग तथा दीर्घरोगीका साथै बच्चाको लागिसमेत घुम्ती सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना माहामारीको नियन्त्रणमा कोरोना विरुद्धका विभिन्न खोप प्रभावकारी भएको भन्दै छुटेलाई सहभागी गराइने बताउनुभयो। मधेश प्रदेशमा ८० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लिएको कारण बाँकी रहेका २० प्रतिशतलाई लक्षित गरेर एक सय दिनसम्म सञ्चालनमा रहने घुम्ती सेवाबाट एक लाखभन्दा बढी व्यक्ति लाभान्वित हुने लक्ष्य स्वास्थ्य निर्देशनालयले लिएको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो।
विदेशमा रहेका नेपालीको मताधिकारबारे आयोगलाई कांग्रेसको ध्यानाकर्षण
काठमाडौं, असार ७ गते। नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीको मताधिकारको सुरक्षाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार विदेशमा रहेका नेपालीको मताधिकार प्रबन्ध गर्न आवश्यक कानुन निर्माण गर्ने र यसका लागि आवश्यक बन्दोबस्त मिलाउनुपर्ने विषयमा आयोगको ध्यानाकर्षण गराउनुभएको हो।महामन्त्री शर्माले सम्मानित सर्वोच्च अदालतको फैसला लगत्तै पार्टीको महासमितिको बैठकले पनि विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्नेबारे सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो। “विगतका मुद्दालाई घनिभूत र निर्णयमा पुर्याउन अग्रसर हुने र आन्तरिक रुपमा जुन कानुन तयार हुँदैछ, मतदानको अधिकारलाई अगाडि बढाउन सुनिश्चित गरौं भनेर छलफल भएको हो”, उहाँले भन्नुभयो। नेपालबाहिर रहेका नेपालीको भावना गाँस्ने र अमेरिका, जापान, क्यानडाको डलर मात्रै होइन भोट पनि चल्ने दिन आउनुपर्ने शर्माले उल्लेख गर्नुभयो। यसैगरी, निर्वाचन आचारसंहिता कार्यान्वयन हुन नसकेको विषयमा पनि छिट्टै नै सबै राजनीतिक दलसँग छलफल गरिने महामन्त्री थापाले बताउनुभयो। “मतदान अधिकार प्रारम्भमै अस्तव्यस्त, यति धेरै कष्ट झेल्ने कुरा, नामावाली संकलन गर्ने, निर्वाचनको खर्चको सीमा एउटा तोकिएको छ, साँच्चिकै निर्वाचनको खर्च घटाउने विषयमा सुझावको कुरा छ। सबै दललाई बोलाएर छलफल गरेर अघि बढ्ने कुरा भएको छ”, थापाले भन्नुभयो।