उच्च शिक्षामा लगानी बढाउन राज्यमन्त्री श्रेष्ठको आह्वान
काठमाडौं, असार १० गते। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ। नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो। शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढ्न पनि निजी क्षेत्रलाई सचेत गराउनुभयो।नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताउनुभयो। त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने र त्यसका लागि निजी क्षेत्रले गर्दा हुने उहाँले बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो आर्थिक गतिविधि हुने भएकाले यसमा लगानी गर्नेको भविष्य राम्रो रहेको दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाल उच्च शिक्षाको एउटा हब हुनसक्छ। उच्च शिक्षामा लगानी गरेर एउटा ठूलो आर्थिक गतिविधि गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौं।’’नेपाललाई ११ वटा विश्वविद्यालयले नपुग्ने उहाँको भनाइ छ। ‘‘हाम्रो मुलुकलाई ११ वटा विश्वविद्यालयले पुग्नेवाला छैन। अर्को २५ वटा विश्वविद्यालय चाहिन्छ भने बरु सरकारले एउटा आधारमा कस्तो विश्वविद्यालय हुने, त्यसका पूर्वाधार के चाहिन्छ ? कस्तो किसिमका संस्थालाई हामीले विश्वविद्यालय दिने हो ? यी सबै कुरा भए शिक्षाको भविष्य छ। शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवामूलक व्यवसाय गर्छ भनेर लाग्नुस्’’, उहाँले भन्नुभयो। राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई शिक्षाको हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताउनुभयो। चार दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताउनुभएको छ।
कम्युनिष्ट पार्टी विदेशीसँग झुक्दैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु नझुक्ने बताउनुभएको छ ।
नेकपा एसका चार मन्त्रीद्वारा संसदीय दलको बैठक बोलाउन माग
नेकपा (एकीकृत समाजवादी) पार्टीका चार मन्त्रीसहित १० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
नेकपा एसको पोलिट्ब्यूरो बैठकमा आगामी निर्वाचनको तयारीबारे छलफल
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को पोलिट्ब्यूरो बैठक सुरु भएको छ ।
सांसदको घर अगाडि शङ्कास्पद बस्तु
नेकपा एमाले झापाका अध्यक्ष एवं संविधानसभा सदस्य दीपक कार्की र प्रदेश १ का पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको घर अगाडि सडकमा शुक्रबार विहान तार जडित प्रेसर कुकर फेला परेको छ ।
प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेलाई समवेदना प्रकट
भक्तपुर, असार ९ गते। पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ। बिजुक्छेलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो। बिजुक्छेकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो। रासस
राजनीतिप्रति युवाहरु आकर्षित भएका छन् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारीबाट युवाहरु निर्वाचन जित्नु राम्रो भएपनि त्यसलाई समग्र सत्यको रुपमा लिन नहुने बताउनुभएको छ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले विहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
न्यायाधीश घुस लेनदेनको अडियोबारे छानबिन भइराखेको छ : कानुमन्त्री शर्मा
काठमाडौं, असार ९ गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनको अडियोबारे छानबिन भइरहेको बताउनुभएको छ। केही दिनअघि जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेन कुराकानीको अडियो सार्वजनिक भएको थियो। त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिनै गठन गरिएको स्पष्ट पार्नुभयो। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दाबी गर्नुभयो। न्यायाधीशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगती बढ्दै गएको उल्लेख गर्नुहुँदै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘विगत केही समयदेखि यतिधेरै न्यायालयप्रतिको आस्था गिर्दै गएको छ। जुन अडियो बाहिर सार्वजनिक भएको छ। त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं। कति ठिक, कति बेठिक भनेर छानबिन गर्न समितिनै गठन गरिएको छ। न्यायालय भित्र विकृति र विसंगती छन्। त्यसविरुद्ध आन्दोलन पनि भयो। त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ। त्यसको सुरुवात नियुक्तीबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’’मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दो आस्थालाई जोगाउन सरकार लागि परेकोसमेत बताउनुभयो।
विष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूत नियुक्त
काठमाडौं, असार ९ गते। विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई मन्त्रिपरिषद्को सिफारिस अनुसार चीनका लागि राजदूत नियुक्त गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गर्नुभएको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ।