शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असार ९ गते। विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई मन्त्रिपरिषद्को सिफारिस अनुसार चीनका लागि राजदूत नियुक्त गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गर्नुभएको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ।
