• १३ साउन २०८१, आइतबार

नेकपा एसको पोलिट्ब्यूरो बैठकमा आगामी निर्वाचनको तयारीबारे छलफल

blog

काठमाडौं, असार १० गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को पोलिट्ब्यूरो बैठक सुरु भएको छ ।

काठमाडौंको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सुरु भएको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल हुने महासचिव डा. वेदुराम भुषालले जानकारी दिनुभयो ।

उहाँले बैठकमा सहभागीहरुको सल्लाह, सुझाव समावेश गरेर आगामी कार्ययोजना निर्माण गरिने बताउनुभयो । नेकपा (एस)ले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न पनि यो बैठक बसेको हो ।

एसको बिहीबार केन्द्रीय सचिवालयको बैठक बसेको थियो ।