• १३ साउन २०८१, आइतबार

नेकपा एसका चार मन्त्रीद्वारा संसदीय दलको बैठक बोलाउन माग

blog

काठमाडौं, असार १० गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका चार मन्त्रीसहित १० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट अधिवेशन चलिरहेको समयमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा सही र स्वfभाविक नभएको भन्दै उहाँहरुले संसदीय दलको बैठक बोलाउन माग गर्नुभएको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बिहीबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आठबुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।

आठबुँदे मागमा सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बढा र निरा जैरुले समर्थन जनाउनुभएको छ ।

प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेको जनाउनुहुँदै उहाँहरुले यसप्रति असहमति जनाउनुभएको छ ।

उहाँहरुले मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न माग गर्नुभएको छ ।