• २ असार २०८१, आइतबार

हिल्सा सडकमा यातायात सेवा बन्द

blog

नारा हिल्सा सडक खण्डको नारा सडक । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ १० गते । नारा देखि हिल्सासम्मको सडकमा यातायात सेवा सञ्चालनका लागि बन्द गरिएको छ । उक्त खण्डमा सडकको रोकिएको स्तरोन्नति कार्य सुरु भएपछि सडकलाई बन्द गरिएको हो । 

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले नारा देखि हिल्सासम्मको सडकमा यातायात सेवा सञ्चालन कार्य बन्द गरिएको बताउनुभयो । उहाँले सो खण्डको सडकमा स्तरोन्नति कार्य सुरु भएको कारण यातायात सेवा आगामी जेठ २२ गतेसम्म सूचना प्रकाशन गरेरै बन्द गर्नु परेको बताउनुभयो । उहाँले यातायात सुचारु गर्दा काममा बाधा पुग्ने, ढिलो हुने र पछिसम्म काम गर्नु पर्ने भएपछि छोटो समयका लागि यातायात सेवा बन्द गरेर कामलाई तीव्रता दिनु परेको बताउनुभयो । यसअघि ट्र्याक खोलेर सडक सञ्चालनमा रहेको थियो ।

हिउँमा परेको हिउँ पन्छाएर एक महिना अगाडी उक्त सडक सुचारु भएको थियो । अहिलेको स्तरोन्नति कार्यमा सो खण्डको सडक आठ मिटर चौडा निर्माण गरिनेछ । साथै ग्याविन पनि लगाउन सुरु गरिएको छ । नारा सडक चार हजार दुई सय सत्तरी मिटर उचाइमा निर्माण कार्य भई रहेको हो । आयोजनाले उक्त सडक निर्माणका लागि नौ करोड ६५ लाख ६८ हजार ७२५ रुपियाँ लागत लाग्ने गरी सम्झौता गरेको थियो ।