शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार २२ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित पार्टी र व्यक्तिले दिनुपर्ने बताउनुभएको छ।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले विषय गम्भीर भएकोले लापरबाही गर्न नहुने बताउनुभयो।
“सबै कुरा पारदर्शी हुनुपर्छ भनेर संविधान लेख्ने, गल्ती, कमजोरी भएको छ भने यसको जिम्मेवारी लिनुपर्छ। घटनाक्रमको राम्रो छानबिन गरेर सत्य, तथ्य बाहिर आउनुप¥यो”, उहाँले भन्नुभयो।
प्रचार सही हो भने अर्थमन्त्रीको राजनीनामा समेत स्वभाविक रहेको उहाँको भनाइ छ। “अत्यन्तै गम्भीर घटना हो। कति सत्य हो, यस्ता घटना घट्न थाले भने मुलुकमा मात्रै होइन, धेरै कुरामा प्रश्न उठ्छ। तर, गल्ती, कमजोरी हो भन्ने कुरा ढाकछोप गर्नै सक्दैन”, उहाँले भन्नुभयो।