• ५ जेठ २०८१, शनिबार

अबको सरकार पनि गठबन्धनकै : कांग्रेस नेता प्रधान

blog

काठमाडौं, वैशाख २७ गते । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले अब बन्ने सरकार पनि गठबन्धनकै हुने बताउनुभएको छ । 

मंगलबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले अब कुनै पनि पार्टीको एकल बहुमत आउने सम्भावना नरहेको र गठबन्धन वर्तमान राजनीतिको आवश्यकता भएको बताउनुभयो ।

‘‘२०४८ सालमा जस्तो एउटै पार्टीको सरकार हुन्नँ, गठबन्धन नै हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्रको रक्षा कसैले गर्छ भने त्यो कांग्रेसले गर्छ ।’’

यसअघि केपी ओली नेतृत्वको झण्डै दुई तिहाई बहुमतको सरकार दुई, दुई पटक संसद विघटनपछि माधव नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूसँगै रहेको उहाँले बताउनुभयो । 

यो राजनीतिक परिस्थितको बाध्यात्मक उपज भएकाले अब पनि गठबन्धनकै सरकार बन्ने थप प्रष्ट पार्नुभयो । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा कांग्रेस र एमालेबीच नभई, गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो। 

देशमा स्थायित्व समृद्धि र विकासका लागि काठमाडौं महानगर प्रमुखमा कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाएको उल्लेख गर्नुभयो । 

यसैगरी, गठबन्धनको तर्फबाट उपप्रमुख उम्मेदवार  एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार बन्नुभएको उहाँले उल्लेख गर्नुभयो ।