खुला मौसममा पूर्वी परिदृश्य (फोटो फिचर)
हिउँदे खुला मौसमको पूरापूर घुम्टो खोलिएको बेला नेपालको सुदूर पूर्वी परिदृश्य बिछट्टै मनमोहक देखिन्छ । पूर्वी पहाडको जति माथिल्लो उचाईमा चढिन्छ उति टाढा–टाढाका धेरै सुन्दर परिदृष्य देख्न पाइन्छ ।
महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)
दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
नयाँ मन्त्रीहरुको शपथदेखि पदभार ग्रहणसम्म (फोटोफिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार मुलुकको ४४ औं प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । सो लगत्तै तीन जना उपप्रधानमन्त्री तथा चार जना विना विभागीय मन्त्रीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुभयो । शपथ ग्रहणसँगै आज पहिलो दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।
क्रिसमसमा रमाउँदै सर्वसाधारण (फोटो फिचर)
ललितपुर, पुस १० गते । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस दिवस मनाएको छ । सेप्टेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको बेथलेहेममा जन्मनुभएकाे थियाे । मुक्ति, प्रेम र शान्तिकाे सन्देश दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेको उहाँले बताउनुभयो । उपत्यकाका विभिन्न मलमा क्रिश्चियन धर्म मान्ने र नमान्ने सबै त्यहाँ उपस्थित भएका थिए । फोटो खिच्न, घुम्नका लागि रमाइलो हुने हुँदा मलहरुमा सर्वसाधारणकाे चाप बढेको छ ।
येशु ख्रीष्टलाई स्मरण गर्दै 'क्रिसमस डे' मनाइँदै (फोटो फिचर)
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको वेथलेहेममा जन्मेका थिए । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजको भनाइ छ ।
तस्बिरमा मौलिकता र पहिचान
पाँचथर र तेह्रथुम जिल्लालाई सिमाना छुट्याएर बग्ने तमोर नदी किनारमा शनिबार एउटा बेग्लै मौलिकता र पहिचान देखियो।
नारायणगढ सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै (फोटो फिचर)
सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढमा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाएको छ ।
साताका सात तस्बिर
बुधबार अनामनगरको धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना भत्काउँदै काठमाडौं महानगरपालिका । तस्बिर : कविन अधिकारी ललितपुर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि सामान हातमा सामान बोकेर बोकेर बिक्री गर्दै फुटपाथ व्यापारी। तस्बिर : कविता थापा भूकम्पले भत्किएको घरको भग्नावशेषलाई नियाल्दै डोटीको पूर्वीर्चाकी–३ गैरागाउँकी ७९ वर्षीया खिनादेवी बोहरा। भूकम्पले यो घर भत्किदा पुरिएर खिनादेवी बोहराका एक छोरा र दुई नातिनीको ज्यान गएको हो। तस्बिर : डिलबहादुर सिंह नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भए पछि प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : विकाश द्वारेप्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथपछि आयोजित चियापान समारोहमा सहभागी प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा, प्रधानमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : विकास द्वारेनेपालको जेलमा दुई दशक बिताएका फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई शुक्रबार अध्यागमन विभागमा उपस्थित गराएर सिधै फ्रान्स डिपोट गर्ने तयारी गर्दै अध्यागमन विभागका कर्मचारी र सुरक्षाकर्मी। तस्बिर : कबिन अधिकारी
बुद्धकालीन 'इनार'(फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारदेखि पश्चिम करिब दुई किलोमिटरको दुरीमा रहेको ऐतिहासिक स्थल कुदान अर्थात् निग्रोधराममा प्राचीन बुद्धकालीन इनार रहेको छ ।
मन परेका उत्कृष्ट तस्बिरहरू
यो साता कैद गरिएका मन परेका उत्कृष्ट तस्बिरहरू ।
राहदानी लिन घण्टौँ लाइनमा (फोटो फिचर)
शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ ।
पहिचान झल्किने गरी सांसदहरू संसदमा (फोटो फिचर)
प्रतिनिधि सभाका नवनिर्वाचित २७४ सांसदले आज (बिहीबार) शपथ लिनुभएको छ ।
नवनिर्वाचित सांसदले लिनुभयो शपथ (फोटो फिचर)
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
तस्बिरमा ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवस
कार्यक्रममा ललितपुर महानगरपालिका भित्रका स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको उपस्थिति थियो ।
फेरिए जनप्रतिनिधि, उस्तै काठमाडौं (फोटो फिचर)
प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबिच रस्साकस्सी छ । कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरू छन् ।
बागेश्वरी मन्दिर, बागेश्वरी देवघाट
चितवनको भरतपुरबाट देवघाट जाँदा वा देवघाट प्रवेश गरेपछि दाहिने तर्फ जङ्गलमा अवस्थित रहेको छ बागेश्वरी मन्दिर । यो मन्दिर भरतपुर महानगरपालिका – १ बागेश्वरी देवघाटमा रहेको छ।
ललितपुर महानगरको फोटो प्रदर्शनी
ललितपुर महानगरपालिकाले १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनीको गरेको छ। ललितपुर नगर प्रहरीको संयोजनमा प्रदर्शनी आयोजना भएको हो ।
दि राइजिङ नेपालकाे ५७ औं वार्षिकोत्सव
गोरखापत्र संस्थानको दोस्रो दैनिक प्रकाशन अङ्ग्रेजी भाषाको ‘द राइजिङ नेपाल’ को ५७ औं वार्षिकोत्सव एक समारोहका बीच सुरु भएको छ ।
जहाँ पोखरी, त्यहाँ पर्यटक
जिल्लाको मुख्यगरी साधुटार, सुकेपोखरी, कालापोखरी, जोरपोखरी, लामपोखरी, तिम्बुपोखरी, गुदोला बोजोलालगायत तालमा पर्यटक धेरै पुग्ने गरेका छन् ।
काठमाडौं महानगर दिवस (फोटो फिचर)
सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनु भएको छ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी उद्घाटन (फोटो फिचर)
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ।
मकैको भण्डारण थाङ्ग्रो (फोटो फिचर)
पूर्वी पहाडका किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका संस्कृतिको रूपमा अझै पनि अपनाउने गरेका छन् । यो काइदाले मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने किसान सुनाउँछन् ।
झोलुङ्गे पुलमा रमाउँदै पर्यटक (फोटो फिचर)
डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोट भैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि पुल निर्माण भएको छ ।
काठमाडौं वरपरका मनमाेहक हिम शृङ्खला
ललितपुर महालक्ष्मी नगरपालिका वाड नं ९ रिजाल डाँडाबाट सोमबार देखिएको काठमाडौं वरपरका हिम शृङ्खला ।