• १३ साउन २०८१, आइतबार

मन परेका उत्कृष्ट तस्बिरहरू

blog

जोखिपुर्ण यात्रा : मुस्ताङ र म्याग्दी जोड्ने सिमाना बादरजुङ (काभ्रे) भिरमा जोखिम मोलेर यात्रुवाहक बस गुड्दै । तस्बिरहरुः रासस

काठमाडौँ, पुस ९ गते । 


सूर्यास्त : दैलेखको गुराँस डाँडाबाट शुक्रबार साँझ देखिएको सूर्यास्तको दृश्य । 


बेत्रावतीस्थित उत्तरगयाधाममा श्राद्ध गर्न आएकाको घुइँचो : नुवाकोट र रसुवाको सङ्गम स्थल बेत्रावतीस्थित उत्तरगया धाममा शुक्रबार पौष कृष्ण औँसीका दिन श्राद्ध गर्न आएकाहरूको घुइँचो । कोरोना लगायत कारणले विगतका वर्षमा श्रद्धालुको  सङ्ख्या कमी भए पनि यो पटक भने श्राद्ध गर्नेको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । 


चौरमा पढ्दै बालबालिका : सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–११,  इनरुवास्थित दलित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय परिसरको चौरमा  घाममा राखेर पढाउँदै शिक्षिका । दुई-तीन दिनदेखि तराई–मधेसमा बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ ।


बिक्रीका लागि ल्याइएको अलैँची : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिक्रीका लागि किसानले बोरामा प्याक गरेर ल्याएको अलैँची । ताप्लेजुङमा अहिले प्रति मन ९४० केजीको रु २३ हजारमा खरिद बिक्री भइरहेको छ । 


धान स्याहार्दै किसान : वीरगन्जको अलौमा बिहीबार बाक्लो हुस्सु र शितलहरका बिच काटिएको धान स्याहार्दै किसान । तस्बिरहरुः रासस