• १९ वैशाख २०८१, बुधबार

नारायणगढ सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै (फोटो फिचर)

blog

नारायणगढमा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाउँदै सडक डिभिजन कार्यालय भरतपुर । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, पुस ९ गते ।
सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढमा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–गोन्द्रङ सडक विस्तारका क्रममा सडक सीमाभित्र परेका घरटहरामा सडक डिभिजन कार्यालयले डोजर चलाएको हो ।


कार्यालयले भत्काएका घरटहरामा अहिले घरधनीहरुले मर्मत सुधारको काम पनि सँगै  अगाडि बढाएका छन् । झण्डै ६ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । सोहीअन्तर्गत घरटहरा भत्काइएको हो ।


सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले हिजो (शुक्रबार) देखि भत्काउन सुरु गरेको कार्यलाई आज (शनिबार) पनि जारी राखेको छ । भत्काइएका घरले २० देखि १०० मिटरसम्म सडक सीमा मिचिएको बताइएको छ ।