• १९ वैशाख २०८१, बुधबार

साताका सात तस्बिर

blog

जाल लिएर खोलामा माछा मार्न जाँदै डोटीको के.आईसिंह गाउँपालिकाका स्कुल जाने उमेरका दुई बालक शनिबारको दिन। तस्बिर : डिलबहादुर सिंह


बुधबार अनामनगरको धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना भत्काउँदै काठमाडौं महानगरपालिका ।  तस्बिर : कविन अधिकारी 


ललितपुर महानगरपालिकाले  फुटपाथमा व्यापार गर्न रोक लगाएपछि सामान हातमा सामान बोकेर बोकेर बिक्री गर्दै फुटपाथ व्यापारी।  तस्बिर : कविता थापा 


भूकम्पले भत्किएको घरको भग्नावशेषलाई नियाल्दै डोटीको पूर्वीर्चाकी–३ गैरागाउँकी ७९ वर्षीया खिनादेवी बोहरा। भूकम्पले यो घर भत्किदा पुरिएर खिनादेवी बोहराका एक छोरा र दुई नातिनीको ज्यान गएको हो। तस्बिर : डिलबहादुर सिंह 


नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भए पछि प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : विकाश द्वारे


प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथपछि आयोजित चियापान समारोहमा सहभागी प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा, प्रधानमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : विकास  द्वारे


नेपालको जेलमा दुई दशक बिताएका फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई शुक्रबार अध्यागमन विभागमा उपस्थित गराएर सिधै फ्रान्स डिपोट गर्ने तयारी गर्दै अध्यागमन विभागका कर्मचारी र सुरक्षाकर्मी। तस्बिर : कबिन अधिकारी