संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग
संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ । राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरूका लागि संसद् गतिविधिबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव
सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राख्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राख्नुभएको हो ।
शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल
राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।
संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : सचिव अधिकारी
प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालय र कार्यालयहरूको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
कृषि समितिमा सरकारले विधेयक दिन सकेन : सभापति राणा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयक दिन नसकेको गुनासो गर्नुभएको छ।
राष्ट्रिय सभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत
राष्ट्रिय सभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, ऋणको पासोमा पर्दैनौँ’
अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताउनुभएको छ ।
नवीकरणीय ऊर्जासम्बन्धी विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउनुभएको छ ।
महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ : सांसद अर्याल
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्न माग गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
भ्रष्टाचारका ठुला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदैछ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भ्रष्टाचारका विभिन्न ठुला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरका प्रमुख साहलाई अप्ठ्यारो पार्ने काम भयो : प्रमुख सचेतक शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको आरोप लगाउनुभएको छ ।
बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यक : राष्ट्रिय सभा अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरूको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरूलाई आवश्यक रहेको बताउनुभएको छ ।
देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण फेरिँदैन : सांसद सापकोटा
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताउनुभएको छ ।
बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग
प्रतिनिधि सभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित
सोमबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट
अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ ।
प्रतिनिधि सभाबाट भन्सार महसुल विधेयक पारित
प्रतिनिधि सभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
राष्ट्र ऋण उठाउने विधेयक पारित
प्रतिनिधि सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभई प्रतिक्रियामा उत्रिएको बताउनुभएको छ।