संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताउनुभएको छ ।
संसद् राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताउनुभएको छ।आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड
सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
आज संसद् दिवस
आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।
‘संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखौँ’
संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ ।
चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस् : सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ।
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ’
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गर्नुभएको छ ।
‘सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।
सदनमा सांसदको चिन्ता : ‘विकासका नाममा विनाश बढ्दै गयो’
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बसेको बैठकमा सांसदहरूले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसकेको भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित
प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।
विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।
प्रतिनिधि सभाको विषयगत समितिमा सांसद हेरफेर
प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गर्नुभएको हो ।
सहजरुपमा आमाको नामबाट नागरिकता दिलाउन माग
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अंश र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाको बैठक सुरु
राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ ।
किसानको अवस्था मरुभूमिको मृग जस्तो भयो : सांसद पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तान (मरुभूमि)को मृगको जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस् : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने÷गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
समयमै मल उपलब्ध गराउन र सडक निर्माण गर्न सांसदको आग्रह
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
दुग्ध किसानले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन् : सांसद बाँस्कोटा
नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बास्कोटाले यस्तो बताउनुभएको हो ।
राजदूत नियुक्तिको निर्णय सच्याउन सांसद साउदको माग
नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्नुभएको छ ।
असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।