आर्थिक अपराधमा ‘आर्थिक सजाय’को व्यवस्था गर्न सांसदको प्रस्ताव
बैङ्किङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्ने भन्दा ‘आर्थिक सजाय’को व्यवस्था गर्नुपर्नेमा सांसदले जोड दिएका छन्।
भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ वर्षे हदम्याद हट्यो
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ।
संसद्को पुस्तकालयबारे सांसद स्वयं अनविज्ञ
सांसदहरू स्वयंले संसद् सचिवालयको पुस्तकालयबारे अनविज्ञता प्रकट गरेका छन् ।
राष्ट्रिय सभा : ‘सरकारलाई काम गर्न दिनुपर्छ’
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय सहमतिमा बनेको वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताउनुभएको छ ।
संसदीय समितिमा सांसदको प्रस्ताव: नेपाल वायुसेवा निगमलाई निजीकरण गरौँ
संसदीय समितिमा सांसदहरूले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
प्रतिनिधि सभा: महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव
प्रतिनिधि सभामा सांसदहरूले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको छ ।
प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव
प्रतिनिधि सभा सदस्यहरूले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरूले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय सभा बैठक सुरु
बिहीबार दिउँसो सवा १ बजेबाट सुरु भएको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।
सांसद योगेश भट्टराईको शब्दमा माओवादीको नियमापत्ति : संसदमा होहल्ला
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र)का सांसदले नियमापत्ति गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण)
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु भएको छ ।
‘धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न सकिन्न’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताउनुभएको छ ।
डढेलोको नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताउनुभएको छ ।
‘संविधान संशोधनमा प्रतिपक्षको पनि सहमति आवश्यक छ’
सांसद नारायणप्रकाश साउदले नेपाली कांग्रेस र नेपा (एमाले) बिच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक : महँगीलगायत आपराधिक घटना नियन्त्रणका लागि ध्यानाकर्षण
सांसदहरूले देशमा बढ्दै गएको महँगीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सत्ताको खेलमा नलागी जनताको अधिकारका लागि अघि बढ्छौँ : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गर्नुभएको छ ।
बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।
प्रस्तावित राजदूतको सुनुवाइ भदौ १४ बाट हुने
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।
अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्नुहुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । आज दिउँसो १ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको हो ।
भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँ : गृहमन्त्री
राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताउनुभएको छ ।
विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन : आयल निगम
नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ ।
हिमताल फुट्नबाट जोगाउन सकिन्छः सांसद गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताउनुभएको छ । आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।