• १६ भदौ २०८१, आइतबार

अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्नुहुँदै

blog

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, भदौ ११ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । आज दिउँसो १ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको हो ।अध्यक्ष प्रचण्ड संसदमा प्रमुख प्रतिपक्ष दलका नेता हुनुहुन्छ ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको संसदका महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पचि भएको ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुनेछ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बनधी (पहिलो संशोधनं विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।