व्यवस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रिय सभा : अध्यक्ष दाहाल
अधिवेशन अन्त्यका क्रममा बैठकलाई त्यससम्बन्धी जानकारी गराउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रदेशको न्यायोचित प्रतिनिधित्वसहित व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलतालाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको बताउनुभयो ।
चालु १६औँ अधिवेशनमा राष्ट्रिय सभाबाट १२ वटा विधेयक पारित
राष्ट्रिय सभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको छ । त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणीकरण समेत भइसकेका विधेयकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ छन् ।
मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच-पाँच लाख क्षतिपूर्ति दिइने बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रमा स्थलगत अनुगमन गर्न सरकारसँग माग
नेकपा (एमाले) सांसद तारा लामा तामाङले असोज अन्तिम साताको बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्न सरकारसँग माग गर्नुभएको छ ।
संविधानको मर्मविपरीत ‘जनयुद्ध’लाई अपमानित गर्ने छुट कसैलाई छैन: सांसद बस्नेत
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र यो विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताउनुभएको छ ।
नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने कुनै काम गर्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गर्नुभएको छ ।
राष्ट्रिय सभा: प्रस्ताव स्वीकृत
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ ।
प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउनुुभएको छ ।
राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुँदै
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । सोमबार दिउँसोबाट सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिद्वारा शपथ ग्रहण
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बस्न सकेन प्रतिनिधि सभा बैठक : अर्को बैठक सोमबार
प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ।
दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम सुरु भइसक्यो: अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताउनुभएको छ।
निर्वाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख
बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गर्नुभएको छ ।
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रूपले स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ ।
संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित चार राजदूतको सुनुवाइ
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा बिहीबार विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठक चौंथो अधिवेशनको २९ औं बैठक हो ।
प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
उपत्यका विकास प्राधिकरणको पुनर्संरचना गरिनेछ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरणको संस्थागत पुनर्संरचना गरिने बताउनुभएको छ ।