राष्ट्रियसभामा चार प्रतिवेदन पेस
सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्नुभएको हो ।
मलको आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गरौं : डा. सङ्ग्रौला
नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले देशमा भइरहेको मल अभाव आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले मल ल्याउन नखोजेको आरोप
नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सरकारले मल ल्याउन नखोजेको आरोप लगाउनुभएको छ ।
काठमाडौंको फोहाेर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ : सांसद थापा
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहाेरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ ।
काठमाडौंको फोहाेर तत्काल उठाउन माग
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौंको फोहाेर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ ।
अछाम घटनाको दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई सभामुखको निर्देशन
सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ ।
बजेटमा मन्त्रालयगत छलफल जारी (लाइभ)
प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।
राष्ट्रियसभा बैठकः त्रिविको ताला खुलाउन माग
सांसदहरुले मुलुककै जेठो विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाइएको ताला खुलाउन माग गरेका छन् ।
नागरिकले गर्ने अवरोध र भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ ।