प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
संसदमा विचाराधीन नागरिकता विधेयक पारित गर्नुपर्ने अभिभारा छ : सभामुख सापकोटा
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा विचाराधीन नागरिकता विधेयक पारित गर्नुपर्ने अभिभारा रहेको बताउनुभएको छ ।
सभामुख सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार बिहान ११ बजेर १५ मिनेटमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राष्ट्रियसभाबाट तीन विधेयक बहुमतले पारित, अर्को बैठक शुक्रबार बस्ने
राष्ट्रियसभाको सोमबारको तेस्रो बैठकले तीनवटा विधेयकलाई बहुमतले पारित गरेको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक बहुमतले पारित
राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
वर्तमान सरकार गठनपछि सरकारी सञ्चारमाध्यमको पहुँचमा वृद्धि : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार गठन भएपछि सरकारी सञ्चारमाध्यमहरुको पहुँच वृद्धि गर्न महत्वपूर्ण काम भएको बताउनुभएको छ ।
देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध: अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभएको छ ।
राष्ट्रियसभाको दोस्रो बैठक
राष्ट्रियसभाको दोस्रो बैठक सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३० मिनेटका लागि स्थगित गर्नुभएको बैठक सुरु भएको हो ।
एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए
सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।