• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक बहुमतले पारित

blog

काठमाडौं, असार १३ गते । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७९ बहुमतले पारित गरेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘विनियोनन विधेयक, २०७९ लाई पारित गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

उहाँले राष्ट्रियसभाको अर्को बैठक आजै अपराह्न ५ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।