सङ्घीय निजामती ऐन छिट्टै संसदमा दर्ता हुन्छ : सङ्घीय मामिला मन्त्री श्रेष्ठ
सोमबारको राष्ट्रियसभा बैठकमा जारी विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा सङ्घीय निजामति ऐन दर्ता गर्ने बताउनुभयो ।
आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत् सेवा पुग्ने : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताउनुभएको छ ।
मुलुकका सहकारीलाई सूचना प्रणालीमा आबद्ध गरिँदै
राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी संस्थाको एकीकृत सूचना, सुशासन प्रवर्द्धन र प्रभावकारी नियमनमा सूचना प्रविधिको प्रयोगलाई जोड दिने उद्देश्यले सबै सहकारीलाई सूचना प्रणालीमा आबद्ध गर्न लागिएको जानकारी दिनुभयो ।
लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेन : भौतिकमन्त्री यादव
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताउनुभएको छ ।
नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश गराइँदैन : परराष्ट्रमन्त्री खड्का
सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभएको हो ।
खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्छौं : खानेपानीमन्त्री चौधरी
खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभा बैठक
राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बिहान ११ बजेबाट सुरु भएको हो ।
प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत : अर्को बैठक असार २० गते
प्रतिनिधिसभाको अर्को बैठक असार २० गते सोमबार दिउँसो १ बजे बस्नेछ।
सर्वोच्चको आदेशले सडक विस्तार रोकियो : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको काम रोकिएको बताउनुभएको छ।