अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुपर्यो : आपूर्तिमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पार्नुभएको छ ।
राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने
काठमाडौं, असार ७ गते। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको अर्को बैठक असार ९ गते बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ। राष्ट्रिय सभाको अर्को बैठक भने असार ८ गते बुधबार दिउँसो १ बजे बस्नेछ। प्रतिनिधिसभा बैठकले बिरुवा संरक्षण र बीउबिजनसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको बैठकमा कृषि तथा पशुपन्छीमन्त्री महिन्द्र राय यादवले ‘विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। ‘विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवाल, गङ्गा चौधरी सत्गौवा, बिमला विक र सरिताकुमारी गिरी लगायतले रैथाने बिरुवाको संरक्षण गर्नुपर्ने, किसानलाई समयमै मल बीउबिजन उपलब्ध गराउने, निकुञ्ज क्षेत्र आसपासका नागरिकका कृषि उत्पादन जङ्गली जनावरले नष्ट गर्ने गरेको भन्दै त्यस्ता घटना न्यूनीकरण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो। ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद गङ्गा चौधरी सत्गौवा र सरिताकुमारी गिरीले स्वदेशमा बीउ उत्पादन गर्ने प्याकेज निर्माण गर्नुपर्ने, हाइब्रिड बीउबिजनको प्रयोगका बढवा दिँदै गर्दा किसानलाई तालिम र प्रविधि पनि उपलब्ध गराउनुपर्ने बताउनुभयो। छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै कृषिमन्त्री यादवले रैथाने बिरुवा र बीउबिजनलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सरकारले उक्त विधेयक संशोधन गर्न लागेको बताउनुभयो। बीउबिजनसम्बन्धी ऐन संशोधन भएपछि बीउले फल नदिएमा किसानले सम्बन्धित कम्पनीबाट क्षतिपूर्ति पाउने उहाँले बताउनुभयो।
विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
प्रतिनिधिसभा बैठकले बिरुवा संरक्षण र बीउबिजनसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
दुई विधेयक दफावार छलफलका लागि समितिमा
प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।
एसपीपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गर्नुभएको छ ।
शून्य समय : महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले मुलुकमा पट्रोलियम पद्धार्थलगायतको चरम मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन पुनः निर्देशन
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसदमा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।
शेयर कारोबार सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।