• १२ असोज २०८१, शनिबार

बिहीबार बस्ने गरी राष्ट्रियसभा बैठक स्थगित

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ८ गते । राष्ट्रियसभा बैठक स्थगित भएको छ । बुधबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ सङ्कट व्यवस्था विधेयक, २०७८ सभा समक्ष पेश गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्री खतिवडाले सो विधेयक पेश गर्नुभएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाका अनुसार बिहीबारको बैठककमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।