• ४ जेठ २०८१, शुक्रबार

अछाम घटनाको दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २५ गते । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाउनुभएको उक्त घटनाबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुहुँदै दोषीलाई कारबाही गर्न सरकारलाई निर्देश दिनुभएको हो ।

‘‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।,’’ सभामुख सापकोटाले भन्नुभयो, ‘‘घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’’

बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।