हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ : सांसद चौधरी
नेकपा (एमाले)का सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानमा जबरजस्ती नगर्न सांसद थापाको आग्रह
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
बजेटमा मन्त्रालयगत छलफल (लाइभ)
प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि सङ्घीय संसद भवनमा बैठक सुरु भएको हो ।
सुदूरपश्चिमको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुनेभएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षीमा आफ्ना कुरा सुनाउने, अर्काको कुरा नसुन्ने प्रवृत्ति देखियो : सांसद महत
प्रतिनिधिसभाको शनिबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उहाँले बताउनुभयो ।
निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन सांसद कर्णको आग्रह
प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणाराख्ने क्रममा सांसद कर्णले निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
नेपाली नागरिकका सन्तान राष्ट्रविहीनताको अवस्थामा बाच्न विवश : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली नागरिकका सन्तान राष्ट्रविहीनताको अवस्थामा बाच्न विवश भएको बताउनुभएको छ ।
नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको छ : प्रचण्ड
नेकपा (आमोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।
स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्ने
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताउनुभएको छ ।