• ४ जेठ २०८१, शुक्रबार

बजेटमा मन्त्रालयगत छलफल जारी (लाइभ)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २५ गते । प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आज पनि मन्त्रालयगत छलफल जारी रहने सङ्घीय संसद्ले जनाएको छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विभिन्न शीर्षकका बारेमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सोमबारदेखि मन्त्रालयगत छलफल सुरु हो ।