बिपी मार्गको स्तरोन्नति
दाङको भौगोलिक रूपमा विकट मानिने हाँसीपुर क्षेत्रलाई यातायातसँग जोड्ने बिपी मार्ग अन्तर्गत स्वामीघाटदेखि हाँसीपुरसम्मको सडकका घुम्तीमा ढलान गर्न थालिएको छ ।
पुलले जोडियो राप्ती वारिपारि
दाङको राजपुर गाउँपालिका–१, बेलाका अजय यादव दुध बिक्री गर्न पौडेर राप्ती नदीवारि लमही आउनुहुन्थ्यो । नदीमा भेल आएको समयमा दुध बिक्री गर्न बजार आउन सम्भव नै थिएन । कति पटक उहाँले दुधले भरिएका भाँडा नै नदीमा बगेको स्मरण गर्नुहुन्छ ।
पदमार्गले स्वाँरा–सालिमे जोड्दै
गुल्मीको मुसीकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत स्वाँरादेखि सालिमेसम्म तीन किलोमिटर पदमार्ग निर्माण गरिएको छ । जिल्लाको पहिलो गुरुङ होमस्टे स्वाँरा गाउँदेखि धार्मिक तथा पर्यटकीय क्षेत्र सालिमे जोड्न पदमार्ग निर्माण गरिएको हो ।
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो ।
‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै
यहाँको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँछन् ।
भूमिहीनलाई लालपुर्जा वितरण
नवलपुरको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । बुधबार यहाँको वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
जटिल बन्दै मनोरोग
स्वास्थ्य नै धन हो । शरीर र मन स्वस्थ रहे मात्र जीवन सफल हुन्छ ।
बौद्धिक पलायन सङ्कट
बौद्धिक भन्नाले विशेष योग्यता र क्षमता भएका व्यक्ति भन्ने मानिन्छ । दे
स्थानीय विकासको मार्गचित्र
गणतन्त्रपछिको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कार्यकालको तीन वर्ष बिताइसकेका छन् । रचनात्मक योजनाको पहिचान, व्यावसायिक कार्ययोजना तथा परियोजनाको प्राथमिकीकरण हुन सकेको छैन । जसबाट नागरिक र स्थानीय सरकार दुवैको विकास
कोरिया प्रायद्वीपमा शान्तिको भविष्य
दक्षिण कोरियाले नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित राष्ट्रपति ली जे म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग वार्ता गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ मध्यमार्गी वामपन्थी नेता ली ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले अस्तित्वमाथि खतरा उत्पन्न गरेकोमा चिन्तित हुनुहुन्छ ।
सामाजिक न्यायसहितको सुशासन
बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक जातजाति जनजातिको बसोबास भएको सुन्दर देश नेपाल विकासको हिसाबले पछि परे पनि सुन्दरतामा अब्बल छ । विभिन्न लेकमा पाइने जडीबुटी, हिमालमा पाइने यार्चागुम्बा, कालीगण्डकीमा पाइने शालिग्राम तथा विभिन्न स्थानमा अन्वेषणमा रहेका खनिज धातु यो देशका अमूल्य सम्पत्ति हुन् । वातावरण र मौसमको हिसाबले फरक–फरक तापव्रmम, फरक–फरक रहन सहन, बाइसे चौबिसे राज्य सञ्चालन हुँदा बनाइएको ऐतिहासिक राजाका दरबार, पुरातात्त्विक संरचना नेपा
‘सफलताले मानिस उत्साहित हुन्छ’
प्रेमकथामा आधारित चलचित्रका लागि परिचित हुनुहुन्छ, निर्देशक दिवाकर भट्टराई ।
चौहानको ‘गल्ती गरेँ माया लाएर’
गायिका एलिना चौहानको ‘गल्ती गरेँ माया लाएर’ बोलको गीत सार्वजनिक भएको छ । श्रीकृष्ण निरौलाको शब्द, सुवास कार्कीको सङ्गीत रहेको म्युजिक भिडियोको गीतलाई विशाल निरौलाले एरेन्ज गर्नुभएको छ ।
प्रदर्शनीमा राउटेका कला प्रवर्धन
राउटे युवा कलाकार दीपक शाहीले पहिलो पटक हवाईजहाज चढेको अनुभव सुनाउँदै भन्नुभयो, “अब जता जाँदा पनि हवाईजहाजमै सरर जान पाए हुन्थ्यो । छिटो, लडिएला भन्ने डर पनि नहुने रहेछ ।” काठमाडौँमा जारी ललितकला प्रदर्शनीमा सहभागिता जनाएर सुर्खेत फर्कनुभएका शाहीले हवाईजहाज चढ्दाको अनुभव सुनाउँदै भन्नुभयो, “बसको ३० घण्टाको यात्रापछि काठमाडौं पुग्दा धेरै थाकेका थियौँ, केही डर पनि लागेको थियो तर फर्कंदा हवाईजहाजबाट एक घण्टामै सुर्खेत पुग्दा अझै काठमाडौँमा छौँ जस्तो लाग्दै थियो, हामी त सुर्खेत पुगिसकेका रहेछौँ ।”
रोजगारदातालक्षित सहयोग विस्तारमा जोड
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता भएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको महासङ्घ सचिवालयले जनाएको छ ।
समस्याग्रस्त सहकारी घोषणा गर्न माग गर्दै मन्त्रालय घेराउ
काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने माग गर्दै बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् । सहकारीका बचतकर्ताले हेटौँडामा आएर उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्नेलगायतका माग राख्दै मन्त्रालय घेराउ गरेका हुन् ।
पाँच हजार फिर्ता लिन घाममा लाम
गुलरिया नगरपालिका–४, सुहेलवा बस्ने टीका योगीले आफ्नो जग्गा बिक्रीबापतको १२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैङ्कमा बचत राख्नुभयो ।
गर्मी छल्न र्याफ्टिङ
उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।
नेपाली श्रमिकका समस्याबारे मलेसियाका मन्त्रीसँग छलफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र मलेसियाबिचको श्रम सम्बन्ध दिगो हुने विश्वास व्यक्त गर्नुभएको छ । मलेसियाका मानव संसाधनमन्त्री स्टिभन सिम ची किओङसँग जेनेभामा भएको भेटमा मन्त्री भण्डारीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ सबल हुने विश्वास व्यक्त गर्नुभएको हो ।
अन्तरमन्त्रालय सहजीकरणमा प्राथमिकता दिन निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बुधबारको बैठकमा उहाँले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
हरित कर एक अर्ब एकानब्बे करोड
डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत झन्डै दुई अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ १५ सम्म सो करबापत एक अर्ब ९१ करोड रुपियाँ सङ्कलन भएको हो ।
सदनको अवरोध छिट्टै हट्ने विश्वास
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले छिट्टै नै सदनको अवरोध हट्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले यो विश्वास व्यक्त गर्नुभएको हो ।
संवैधानिक नियुक्ति विवाद, निर्णय सुनाउने मिति सर्यो
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति सारेको छ ।
सेवानिवृत्त कर्मचारीका लागि आचारसंहिता
अबदेखि सेवानिवृत्त कर्मचारीले पनि आचारसंहिता पालना गर्नुपर्ने भएको छ । सेवाबाट अवकाश भएपछि कर्मचारीले आफूलाई स्वतन्त्र भएको महसुस गर्दै आए पनि सरकारले भने सेवानिवृत्त कर्मचारीलाई पनि निश्चित दायरामा बाँध्ने गरी व्यवस्था गर्न लागेको हो ।