बर्सेनि मलकै झमेला
काभ्रेपलाञ्चोकका कृषक यस वर्ष पनि रासायनिक मलको अभाव भोग्न बाध्य भएका छन् । उनीहरूको यो समस्या बर्सेनिको हो ।
प्राङ्गारिक मल उत्पादन सुरु
पाल्पाको रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु भएको छ । गाउँपालिका र स्थानीय सहकारी संस्थाको ४० लाख रुपियाँको लगानीमा मल उत्पादन सुरु भएको हो । बढ्दो रासायनिक मलको प्रयोग कम गर्न गाउँपालिका र स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा प्राङ्गारिक मल उत्पादन गरिएको हो ।
वैदेशिक रोजगार कम्पनीको जरिबाना घटाउन प्रस्ताव
‘फ्री भिसा’ मा रकम लिएर वैदेशिक रोजगारमा पठाउने कम्पनीलाई जरिबाना गराउने विषयमा प्रतिनिधि सभा र राष्ट्रिय सभा लचिलो भएर प्रस्तुत भएका छन् । प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्धन खर्च बढी लिएमा हुने सजायमा दुवै सभाको विषयगत समितिले प्रस्तावित व्यवस्थाभन्दा म्यानपावर कम्पनीलाई लाग्ने जरिबाना रकम घटाएको छ ।
चार प्रदेशमा भेटिए सडक बालबालिका
लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका स्थानीय तहमा मात्रै सडक बालबालिका फेला परेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्ले देशैभरका ७५३ स्थानीय तहमध्ये चार प्रदेशका सहरी क्षेत्रका स्थानीय तहमा मात्रै सडक बालबालिका फेला परेको जनाएको छ ।
प्रतिनिधि सभाको गतिरोध कायमै
राजनीतिक सहमति हुन नसकेपछि प्रतिनिधि सभाको गतिरोध बिहीबार पनि कायमै रह्यो । सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) भिजिट भिसा प्रकरण छानबिनका लागि संयन्त्र गठन गर्ने गरी सहमत भए पनि विपक्षीमध्येको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमति जनाएको छैन । संसदीय वा न्यायिक जाँचबुझ समिति माग गरिरहेको रास्वपाले सरकारले गठन गर्ने संयन्त्रमा सहमति नजनाउँदा बिहीबार पनि प्रनिनिधि सभाको अवरोध हट्न नसकेको हो ।
सुनसान भए हिमालका काख
हिमाल आरोहणको मुख्य बेला मानिने वसन्तयामको आरोहण सकिएसँगै विभिन्न हिमालका आधार शिविर सुनसान बनेका छन् । सगरमाथा, ल्होत्से, नुप्त्से, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घालगायतका हिमाल आरोहण गर्न गएका टोली फर्केपछि आधार शिविर यतिबेला सुनसान बनेका हुन् ।
मौरीपालनबाट अब्बल आम्दानी
बेनी नगरपालिका–५, डडुवाकी रामकुमारी खत्रीलाई घरखर्च सकिँदा कुनै चिन्ता हुँदैन । दैनिक घरखर्च चलाउने पैसा सकियो भने उहाँ मौरीको घार खोलेर मह निकाल्नुहुन्छ र गर्जो टार्नुहुन्छ । यसै गरी उहाँका ३० वर्ष बितिसकेका छन् । उहाँ म्याग्दी जिल्लाकै नमुना कृषकमा पर्नुहुन्छ ।
तथ्याङ्क प्रणालीमा अवरोध गरे पाँच वर्ष कैद
विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता गरेको छ । फरक प्रयोजनका लागि तर्जुमा भएको कानुन सामाजिक सञ्चार प्रयोगकर्ता र सञ्चार माध्यमका सामग्रीमा आकर्षित गरिएको भन्दै पछिल्लो समय खारेजीको माग हुँदै आएको थियो ।
बङ्गलादेशमा विद्युत् निर्यातको तयारी पूरा
नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न आवश्यक तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो ।
मैवाखोलाको आगामी आवको नीति कार्यक्रम पारित
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति कार्यक्रम पारित गरेको छ ।
अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि मोसो प्रहार
आफूलाई नेकपा बहुमत पार्टीको कार्यकर्ता बताउँदै युवाहरुकाे समुहले उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा खुसीराम थारुलाई बिहीबार उहाँकै इजलासमा कालो मसी (मोसो) प्रहार भएको छ।
पत्रकार चुडाललाई पित्तृशोक
अग्रज पत्रकार देवेन्द्र चुडाललाई पितृ शोक परेको छ । उहाँका पिता कृष्णप्रसाद चुडालको ९९ वर्षको उमेरमा आफ्नै निवास इटहरीमा बिहीबार निधन भएको छ ।
मुस्ताङका पुराना पदमार्ग मर्मत
अन्नपूर्ण पदमार्ग अन्तरगत थोरोङ पास हुँदै मुक्तिनाथबाट–लुप्रा–पाण्डाखोला हुदै जोमसोम निस्किने अधिकांश विदेशी पर्यटकको रोजाइमा पर्ने पैदल मार्ग हो । मुक्तिनाथबाट करिब साढे ४ घण्टामा सदरमुकाम जोमसोम निस्कने मार्ग पहिरोको कारण अवरुद्ध भएको थियो ।
स्याङ्जामा पनि लटरम्मै खजुर
मरुभूमिमा फल्ने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका–११ जिमुवामा फलेको छ । साउदी मरुभूमिको गर्मीमा फल्ने खजुर यहाँका ६० वर्षीय बाबुराम ढकालले आफ्नो घर अगाडि फलाउनु भएको हो ।
बागलुङका दस स्थानीय तह पूर्णखोप सुनिश्चितता पालिका घोषणा
बागलुङका दस वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् ।
हत्या गरेको अभियोगमा दुई जना पक्राउ
भैरवी गाउँपालिका ६ हमाल टोल बस्ने ४९ वर्षीय रामबहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुल बहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।
भेडा पाल्ने किसानलाई गोठालो भत्ता
चालु आर्थिक वर्षमा जुम्लामा २ सय ३० जना किसानले गोठालो भत्ता भएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पालेका किसानले प्रत्येक वर्ष भत्ता दिँदै आएको छ ।
संसद् अवरोध गर्नुको औचित्य छैन: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संसद् अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
भारतबाट फर्किने तिन जनामा कोरोना सङ्क्रमण
भारतबाट फर्किने तिन जनामा आज कोरोना पुष्टि भएको छ ।
४७ व्यापारीविरुद्ध मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन
रौतहट, जेठ २९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा लिम्बुको ज्यान गएको चन्द्रपुर–१ का वडाध्यक्ष बलराम राउतले जानकारी दिनुभएको छ । ठक्कर दिने सवारी साधनको पहिचान नहुँदासम्म स्थानीयले घटनास्थलमै लास राखेर राजमार्ग अवरुद्ध गरेका थिए । २४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष राउतले जानकारी दिनुभएको छ । अहिले सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।
भारतीय विमान दुर्घटना अपडेट : यात्रुकाे सूची
अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे छ।
चट्याङ लागेर एक जनाको मृत्यु
कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।