• ३० जेठ २०८२, शुक्रबार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

blog

दैलेख, जेठ २९ गते । भैरवी गाउँपालिका ६ हमाल टोल बस्ने ४९ वर्षीय रामबहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुलबहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।

उहाँहरूले जग्गा सम्बन्धी विषयलाई लिएर गए राति कुटपिट गर्दा गम्भीर घाइते भएका रामबहादुरको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पानी पोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।