‘साली हो भाटु हो’ सार्वजनिक
गायक समीर आचार्य र गायिका अन्नु चौधरीको आवाजमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो ।
प्राइममा ‘बाटो : रोड टु डेथ’
चलचित्र ‘बाटो : रोड टु डेथ’ अमेजन प्राइम भिडियोलगायतमा स्ट्रिमिङ सुरु भएको छ ।
रौतहटको गढीमाई –८ मा नेकपा एसका उम्मेदवार विजयी
रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास) का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ ।
ट्रक कला र साहित्यबारे अन्तर्क्रिया
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार फोटोग्राफर सुदर्शन कार्कीसँग अन्तर्क्रिया सम्पन्न भएको छ ।
‘कर्मा र कुटुम्ब’ कीर्तिपुरमा गुञ्जिने
कर्मा ब्यान्ड र कुटुम्ब साङ्गीतिक समूह ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा मङ्सिर २२ गते शनिबार एकसाथ गुञ्जिने भएका छन् ।
गोरखा ५ मा माओवादी केन्द्रका रानामगर विजयी
गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालन
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन सञ्चालनमा ल्याएको छ ।
उदयपुरको त्रियुगा १२ मा नेकपा (माओवादी)का राई विजयी
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।
ऋण लगानीका संस्था बजेटमै उल्लेख गरिने
सरकारले सङ्घीय बजेटमै सेयर तथा ऋण लगानी गर्ने सार्वजनिक संस्थान, सङ्गठित निकाय वा कम्पनीको नाम उल्लेख गर्ने भएको छ ।
काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएका छन् ।
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने तयारी
वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ ।
गढीमा नेपाली काँग्रेसका तेतर साह विजयी
सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुख छाप भएको नेपाली काँग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी हसिया हथौडा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाउनु भएको छ ।
कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
कपिलवस्तुको शुद्धोधन १ मा एमालेका मुसलमान निर्वाचित
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा एमाले निर्वाचित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार नेकपा एमालेका मोहम्मद ताहिर मुसलमानले १ हजार १ सय ५० मत ल्याएर निर्वाचित हुनु भएको छ ।
फेरियो कार्यविधि भिभिआइपी बिदाइको लाम घट्ने
अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ ।
महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी
महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकाका जङ्गबहादुर शाही विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भिक मत परिणाम अनुसार एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका झलक भण्डारीले दुई हजार ६७५ मत प्राप्त गर्नुभएको छ ।
दातृनिकायको सहयोग बालुवामा पानी
नेपालमा एचआइभी/एड्स नियन्त्रणमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै सरोकारवालाले आक्रोश व्यक्त गरेका छन् ।
बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा ) विजय हुनुभएको छ । गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उहाँ विजयी हुनुभएको हो ।
उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ १६ मा मतगणना जारी
काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्नुहुने भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।
उखु कृषकलाई अनुदान
सरकारले उखु कृषकलाई प्रति क्विन्टल ७० रुपियाँ अनुदान रकम दिने निर्णय गरेको छ । मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
बिआरआई समृद्धिको नवीनतम् आधारशिला
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीन सरकारको बहुदेशीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनसम्बन्धी समझदारी हुँदै छ ।
हेटौँडा उपमहानगर १२ को वडाध्यक्षमा कांग्रेसका तिवारी निर्वाचित
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित हुनुभएको छ ।