‘बाहिरी चक्रपथको अनियमितता छानबिन गर्छु’
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे दुई हप्ताभित्र लिखित जवाफ समितिसमक्ष दिन सहरी विकास मन्त्रालयलाई निर्देशन दिए पनि मन्त्रालयले अहिलेसम्म समितिलाई जवाफ बुझाएको छैन । समितिले असार १० गते मन्त्रालयलाई सो निर्देशन दिएको थियो ।
समितिले माग्यो सीसीटीभी फुटेज
आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रयोग भएको सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिले आवश्यक कागजात अर्थ मन्त्रालयसँग माग गरेको छ ।
तस्बिरमा सरकारको एक वर्ष
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको नेपाल सरकारको वर्ष दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस) बाट सम्प्रेषण भएका फाइल तस्वीर ।
भरतपुर महानगरले महासङ्घको कोषलाई दियो २० लाख
शालिग्राम नेपालचितवन, असार २८ गते। नेपाल पत्रकार महासङ्घ चितवन शाखाले जिल्लाका चार जना ज्येष्ठ पत्रकारलाई भत्ता वितरण गरेको छ।मङ्गलबार भरतपुर महानगर पालिकामा आयोजित कार्यक्रमा ६० वर्ष पुगेका चितवनका चार जना पत्रकारलाई मासिक चार हजारका दरले तीन महिनाको रकम वितरण गरेको हो। वैशाख, जेठ र असार महिनाको १२ हजारका दरले भत्ता वितरण भएको हो। भत्ता पाउनेमा डिआर पोखरेल, मोहन पोखरेल, रेशम विरही र महेन्द्र श्रेष्ठ हुनुहुन्छ। पत्रकारका लागि महासङ्घले गरेको यो कार्य इतिहासमा महत्त्त्वपूर्ण भएको पत्रकार महासङ्घका सचिव सिर्जना अर्यालले बताउनुभयो। आगामी दिनमा भत्ताको रकम बढाएर लैजाने महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभयो। महासङ्घले कोष खडा खडा गरेर भत्ताको सुरुवात गरेको हो। यसैबीच भरतपुर महानगरपालिकाले पत्रकार महासङ्घ चितवनको ज्येष्ठ पत्रकार निवृत्तिभरण कोषमा २० लाख रकम सहयोग गरेको छ। महानगर प्रमुख रेनु दाहालले पत्रकारको लागि सम्मान गर्न सहयोग गरेको बताउनुभयो। पेसाबाट जीवनको उत्तरार्धतर्फ जाँदा सम्मान स्वरुप केही रकम प्राप्त होस् भन्दै कोषमा रकम सहयोग गरेको उहाँको भनाइ छ।
क्षयरोग अन्त्यका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक
क्षयरोग अन्त्यको लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले काठमाडौंमा एक कार्यक्रमका बीच क्षयरोग अन्त्य गर्ने उद्देश्यले वि.सं. २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनकि गरेको हो ।
करणी गरेको आरोपमा ट्रिपर चालक पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ट्रिपरभित्र १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ट्रिपर चालक ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी
विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग¥यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै दिन रोकिएकाले खानेपानी प्रणाली ध्वस्त हुनबाट बचेको थियो ।
‘हातहतियार खरिद विधिसम्मत हुन्छ’
नेपाल प्रहरीले आफ्ना लागि हातहतियार आवश्यक रहेकाले हतियार खरिद विधिसम्मत हुने जनाएको छ । प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले विज्ञप्ति जारी गरी खरिदसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै यससम्बन्धी समाचार प्रवाह गर्दा संवेदनशील हुन पनि आग्रह गर्नुभएको छ । उहाँले राज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै हातहतियार खरिद प्रक्रिया हुने बताउनुभएको छ ।
पालिका भवन अशक्ततामैत्री बन्दै
पालिकाहरूले अपाङ्गता, अशक्त र ज्येष्ठ नागरिकमैत्री कार्यालय बनाउने अभियान थालेका छन् । त्यस्ता व्यक्तिको पहुँच हुन नसकेपछि कतिपय पालिकाका नवनिर्वाचित प्रमुखले आफ्नो कार्यालय नै पहुँचयोग्य स्थानमा सारेका छन् ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले पहिलो बैठकमै कार्यालयलाई अपाङ्गता, अशक्त र ज्येष्ठ नागरिकमैत्री बनाउने निर्णय गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको सहज पहुँच हुनेगरी कार्यालय भवन बनाउने पनि निर्णय गरियो ।
नेपालले जुनसुकै मुलुकबाट सहयोग लिन सक्छ : लिउ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले सोमबार भेट गर्नुभएको छ ।ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा माओवादी केन्द्रका नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसालको पनि सहभागिता रहेको थियो ।
गठबन्धन सफल ‘कमजोरी सुधार्नुपर्छ’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पहिलो दिन स्थानीय तह निर्वाचनको समीक्षा गरिएको छ । उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय
विद्यार्थीद्वारा त्रिविमा तोडफोड
परीक्षा सञ्चालनक्रममा लापरबाही गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वमा गएका विद्यार्थीले तोडफोड गरेका हुन् । उनीहरूले उपकुलपति कार्यालयभित्र पसेर कुर्सी, सोफा तथा टेबुल फुटाइदिएका छन् । आक्रमणबाट झ्यालका केही सिसा पनि फुटेका छन् ।
भृकुटी मण्डपबाट फुटपाथ व्यापारी फिर्ता लैजान महानगरलाई परिषदको आग्रह
काठमाडौं महानगरपालिकाले भृकुटी मण्डप आफ्नो क्षेत्र अधिकारभित्र नपर्ने भनिरहेका बेला समाज कल्याण परिसदले पनि भृकुटी मण्डपबाट फुटपाथ व्यापारी फिर्ता लैजान महानगरपालिकालाई आग्रह गरेको छ ।
पाल्पामा इपासपोर्ट वितरण सुरु
जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण सुरु गरेको छ । यसअघि अफलाइन फर्म भरेर पालो कुर्नुपर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण गर्न थालिएको प्रशासनले जनाएको छ ।
भट्टराईको जीवन शिक्षाप्रद र प्रेरणाको स्रोत : मन्त्री चौधरी
खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।
राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने : चिनियाँ विदेश प्रमुख
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
तोकिएका ठाउँमा मात्रै डिजिटल होर्डिङ बोर्ड
काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ । व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो गर्न लागेको हो ।
‘द्वन्द्वकालमा सबै पीडित
सशस्त्र द्वन्द्वका घटनामा कुनै एक पक्षलाई चोख्याएर मुलुकको शान्ति प्रक्रियाले पूर्णता पाउन नसक्ने धारणा सरोकारवालाले व्यक्त गरेका छन् । त्यतिबेला सरकारको आदेश पालना गर्दै देश र जनताको रक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पीडकको रूपमा परिभाषित गर्न नपाइने पनि सो अवसरमा जोड दिइयो ।
कांग्रेसको विभाग यथाशीघ्र गठन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभाग यथाशीघ्र गठन गरिने बताउनुभएको छ । पार्टीका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभापति देउवाले विभाग गठन चाँडै गरिने बताउनुभएको हो ।
पूर्वमन्त्रीले लगेकाे वासिङ मेसिन फिर्ता
सरकारी आवास गृहबाट बाहिरिँदा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मर्मतका लागि भनेर पुल्चोकस्थित सरकारी आवास गृहबाट लैजानुभएको वासिङ मेसिन सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयलाई फिर्ता गर्नुभएको छ ।
पुराना मुद्दा हेर्न छुट्टै इजलास
सर्वोच्च अदालतमा विचाराधीन पाँच वर्षभन्दा पुराना मुद्दा फस्र्योटका लागि छुट्टै इजलास गठन गर्न अध्ययन कार्यदलले सुझाव दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ संयोजकत्वको कार्यदलले दिएको कार्ययोजनासहितको प्रतिवेदन फुलकोर्टले अनुमोदनसमेत गरेको छ ।
यातायात कार्यालय जगातीबाट राधे राधे सर्ने भएपछि विरोध
गोरखापत्र अनलाइनभक्तपुर, असार २६ गते। भक्तपुरको जगातीबाट यातायात कार्यालय थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सर्ने भएपछि विरोध भएको छ।विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको कार्य भइरहेको कार्यालय सर्ने भएपछि यातायात व्यवसायीले विरोध गरेका हुन्। यातायात व्यवस्था कार्यालय जगातीमा आज स्थानीय व्यवसायी र लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर नयाँ कार्यालय प्रमुख आउने बित्तिकै कार्यालय सार्ने बताएका छन्। सूर्यविनायक नगरपालिका–८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यवस्था कार्यालय’ पाँच वर्षपछि राधे राधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्प अगाडि बनेको पुरानो घरमा सर्ने भएपछि व्यवसायीहरुले विरोध गरेका हुन्। सम्मेलनमा संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्डभित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आए लगत्तै चलखेल गरेको आरोप लगाउनुभएको छ। मध्यपुरथिमिको राधे राधे (बाग्मती आयल स्टोर) पछाडि एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एक तले भवन र जग्गा हुँदा हुदै त्यो जग्गामा कार्यालय नसारी विधि र प्रक्रियासमेत पुरा नगरी कार्यालय सार्न लगेको उहाँको भनाइ छ। सम्मेलनमा व्यवासायी शिवनारायण ग्वाछाले सरकारको लाखौको लगानी रहेको ठाउँमा करोडौ लगानीको व्यवसायसमेत नोक्सानमा परेको भन्दै सेवाग्राहीलाई मर्कामा पर्ने गरी कार्यालय सार्नुले चलखेल भएको आरोप लगाउनुभयो।सूर्यविनायक नगरपालिका-८ गुण्डुमा यातायात कार्यालयको आफ्नै भवन बनाउने प्रक्रिया सरकारले नै अगाडि बढाएको बेला भवन निर्माण कार्य अगाडि नबढाएर कार्यालय सार्न खोज्नु रहस्य भएको बताइएको छ।