• ७ जेठ २०८१, सोमबार

करणी गरेको आरोपमा ट्रिपर चालक पक्राउ

blog

काठमाडौं, असार २८ गते । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ट्रिपरभित्र १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ट्रिपर चालक ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरी राखेको रा १ ख २७३४ नम्बरको ट्रिपरभित्र महिलालाई जबरजस्ती करणी गरेको खुल्न आएको जानकारी दिनुभयो ।

दोलखाबाट काठमाडौं आएको उक्त ट्रिपरले गौशालाबाट ती महिलालाई हालेर थानकोट ल्याएका थिए । थानकोटस्थित प्रहरी वृत्तका प्रमुख डिल्लीनारायण पाण्डेको नेतृत्वमा खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूतिगृहमा पठाएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो ।

पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ ।