• ७ असार २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असार २७ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बिहान ११ बजेर १५ मिनेटमा बैठक सुरु भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कानुन, न्याय तथा मानव अधिकार समितिका कृष्णभक्त पोख्रेलले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेद, २०७९’ पेश गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।