• १४ असार २०८१, शुक्रबार

विद्यार्थीद्वारा त्रिविमा तोडफोड

blog

काठमाडौँ, असार २८ गते । परीक्षा सञ्चालनक्रममा लापरबाही गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वमा गएका विद्यार्थीले तोडफोड गरेका हुन् । उनीहरूले उपकुलपति कार्यालयभित्र पसेर कुर्सी, सोफा तथा टेबुल फुटाइदिएका छन् । आक्रमणबाट झ्यालका केही सिसा पनि फुटेका छन् । 

बिहान कार्यालय खुल्नेबित्तिकै विद्यार्थी उपकुलपतिको कार्यालय प्रवेश गरेका थिए । बिनाजानकारी कार्यालय प्रवेश गरेर उनीहरू तोडफोडमा उत्रेका थिए । त्यतिखेर उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटा कार्यालयमा उपस्थित हुनुहुन्नथ्यो । 

त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन जानेक्रममा बाटोबाटै प्रहरी लगाएर पक्राउ गर्न लागेपछि आक्रोशित विद्यार्थीले तोडफोड गरेको दाबी गर्नुभयो ।