साहित्यिक रचनालाई निरन्तरता दिन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले आईतबार यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नुभएको हो ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता चियान्चाओबीच भेट
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । विदेश विभाग प्रमुख जियान्चाओले आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो ।
जडीबुटी खेतीबाट उत्साहित ताप्लेजुङका किसान
ताप्लेजुङका किसान जडीबुटी खेतीबाट उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् ।
कालिकोटको मान्मामा तीन तले घर भत्कियो : तीन जनाको उद्धार
कालिकोट जिल्लाको सदरमुकाम मान्ममा घर भत्किएको छ। आइतबार साँझ ५ बजेर १९ मिनेटमा तीन तलाको घर भत्किएको हो।
पीडित केन्द्रित अनुसन्धान भइरहेको छ : आयोग अध्यक्ष सुवेदी
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीले पीडित केन्द्रित भएर आयोगले बेपत्ता भएका व्यक्तिको छानविन र अनुसन्धान गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ विधेयक संशोधन विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कञ्चनपुर वाणिज्य संघमा जोशी निर्वाचित
कञ्चनपुर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न १७ औं कार्यकारीणी समितिको निर्वाचनबाट पिताम्बर जोशीको प्यानल बिजयी भएको छ । संघको अध्यक्षमा १ हजार २ सय ९९ मतसहित उहाँ बिजयी हुनुभयो ।
संवैधानिक अधिकार कार्यान्वयन गर्न आदिबासी अगुवाको माग
आदिबासी जनजाति नेता तथा अगुवाहरुले नेपालको संविधानमा गरिएको व्यवस्था कार्यान्वयन हुन नसक्दा आदिबासी जनजातिका अधिकार सुनिश्चित् नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगद्वारा आइतबार यहाँ आयोजित “आदिबासी जनजातिको अधिकार र भूमिका” विषयक कार्यक्रममा अगुवाहरुले सो कुरा बताउनुभएको हो ।
कपिलवस्तुमा दुई जना मृत फेला
कपिलवस्तमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बुद्धभुमि नगरपालिका २ बस्ने वर्ष ४१ को खड्कबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो ।
रोपियो घर-घरमा कीटाणुनाशक तुलसी
काठमाडौं, असार २६ गते। तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ। आषाढ शुक्ल एकादशीका दिन दलबाट घर-घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका प्रा. डा. चन्द्रराज सापकोटा वैज्ञानिक र औषधीय गुणलेयुक्त भएकैले हाम्रा पिता पुर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताउनुहुन्छ। औषधीय गुणले युक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला २०५५ सालमा चिया उत्पादन गरेको उहाँले सुनाउनुभयो। “तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्था बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारी तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा कोरोना ठीक भएको छ”, प्रा डा सापकोटाले भन्नुभयो। हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित छन्। अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उहाँ बताउनुहुन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। कोहीले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। कसैले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ। चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमासमेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ। रासस
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तुलसी रोपण
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले हरिशयनी एकादशीको अवसरमा आइतबार राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको विरूवा रोप्नुभयो।
कृषकलाई हाते ट्याक्टर वितरण
कर्जन्हा नगरपालिकाले तीनवटा कृषक समूहलाई हाते ट्याक्टर र घाँस कटर वितरण गरेको छ। कृषकलाई धान उत्पादन र पशुपालनतर्फ आकर्षित गर्न वितरण गरिएको हो।
होटलमा युवती झुण्डिएको फेला परिन
बुटवल उपमहानगरपालिका ३ गोलपार्कमा रहेको पाल्पाली होटलमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला परेकी छिन । शनिवार राती करिब साढे १० बजे एक युवकको साथमा होटलमा गएकी बुटवल ११ की २१ वर्षीया समिक्षा गुरुङ होटलमा पुगेको डेढ घण्टामै राती १२ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
धर्ममाथि गर्ने शासन अन्त्य भएको छ : प्रमुख दाहाल
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्ममाथि गर्ने शासनको अन्त्य भएको बताउनुभएको छ । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आइतबार भरतपुर –१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली आज (आइतबार) बिहान काठमाडौं आइपुग्नु भएको छ ।
निर्वाचन लक्षित प्रशिक्षणमा माओवादी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन लक्षित प्रशिक्षण सुरु गर्ने भएको छ । शनिबार पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले साउनदेखि सबै प्रदेशमा सङ्घीय र प्रदेश निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पूर्वउपप्रमुखसहित नौ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर उपमहानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित नौ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।महानगरपालिका–१५ को पोखरी निर्माणको क्रममा काम गरेकोभन्दा धेरै भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा
निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकँुडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ ।
इद–अल–अधाले सामाजिक सद्भाव सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद–उल–अधा(बकर–इद)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उहाँले ‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अधा (बकर–इद)को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाद्वारा इद उल पर्वको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष नेपालद्वारा इदको शुभकामना
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।
पहिचान झल्कने गरी प्रदेशको नामाकरण गर्न माग
काठमाडौं, असार २५ गते। स्थानीय पहिचानका आधारमा प्रदेश नम्बर १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन्। प्रदेश नम्बर १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन्।नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।लिम्बूवान किराँत संयुक्त सङ्घर्ष समितिका तर्फबाट आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका हुन्। एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नम्बर १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताउनुभयो।नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङदेनले पनि सो कुराको समर्थन गर्नुभयो। उहाँले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा अहसमति राख्नुपर्ने कुनै कारण नभएको बताउनुभयो।लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश नं १ को नामाकरण निकै जटिल रहेको बताउनुभयो। प्रदेससभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बूवान किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उहाँको भनाइ छ।किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश नम्बर १ को नाम लिम्बूवान किराँत नै हुनुपर्ने मत राख्नुभयो। नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राख्नुभयो।
मोटरेवल पुल निर्माणले स्थानीय लाभान्वित
कपिलवस्तु बाणगंगा नगरपालिकाको मोर्मीस्थित कोइली खोलामा आवतजावत गर्न स्थानीयहरु काठे पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । पञ्चायत कालदेखि पक्की पुलको माग गरेपनि सुनुवाई नहुँदा स्थानीयलाई सास्ती भएको थियो । लुम्बिनी प्रदेश सरकारले सो खोलामा मोटरेवल पुल निर्माण गरेपछि स्थानीय लाभान्वित भएका छन् ।
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
‘सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने
नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रवर्द्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिनुभयो ।